Loading...
फल खानुस्, स्वास्थ्य बनाउनुस्

 मिनरल र भिटामिनहरूले भरपूर फलको सेवन गर्दा शरीरमा पोषक तत्त्वको कमी पूरा हुन्छ । यसमा टन्नै एन्टीअक्सिडेन्ट पनि हुनाले स्वास्थ्यका लागि फल अत्यन्तै आवश्यक कुरा हो । यी फलहरूका बारेमा थप चर्चा गरौं ।

सुन्तला

सुन्तलामा भिटामिन सी भरपूर पाइन्छ । यसको जुस निकालेर पिउनुभन्दा त्यत्तिकै खाँदा फाइदा हुन्छ । यसमा लगभग ११ ग्राम चिनीको मात्रा हुन्छ ।
स्याउ
स्याउ कतिपय रोगमा रामवाण हो । यसमा भएको फाइबर पेटका लागि अत्यन्तै लाभदायक छ । स्याउको जुस पिउनुभन्दा काटेरै खाएको ठीक हुन्छ ।
एभोकाडो
यसमा विद्यमान फाइबरले स्वास्थ्य राम्रो बनाउँछ । यसमा त चिनीको मात्रा पनि कमै हुन्छ ।
लिच्ची
लिच्चीमा प्रशस्त क्याल्सियम हुन्छ जसले हाड र दाँतलाई बलियो बनाउँछ ।
अञ्जीर
अञ्जीरमा फाइबर र पोटेसियम टन्न हुन्छ ।
आँप
आँपलाई त फलहरूको राजा नै मानिन्छ । यसमा भिटामिन ए प्रशस्त पाइन्छ । आँखालाई यसले फाइदा गर्छ ।
आरुबखडा
आरुबखडा खाएपछि राम्रो निद्रा लाग्छ ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads