Loading...
पशुपति राणामाथि कमल थापाले लिए एक्सन, ६ केन्द्रीय सदस्य पार्टीबाट निष्काशित


काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजन गर्ने ६ नेतालाई ६ पार्टीबाट निष्काशन गरेको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा २३ गतेदेखि जारी केन्द्रीय कार्य समितिको बैठकले पार्टी विभाजन गरी पार्टी हित, एकता र स्वार्थमा आघात पुग्ने गरि गैर जिम्मेवारीपूर्ण कार्य गरेको भन्दै पशुपति सम्शेर राणासहित ६ केन्द्रीय सदस्यहरुलाई पार्टी विधानको धारा (२७) र (२९) अनुसार साधारण सदस्य समेत नरहने गरि ६ बर्षको लागि निष्काशन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
उनका अनुसार निष्कासन गरिएका सदस्यहरुमा राणासहित ताहिर अलि, जगत प्रसाद गौचन, बिजयकला राई, नवोदिता चौधरी, र निर्मला श्रेष्ठ रहेका छन् ।
यसैगरी बैठकले पाँचै विकास क्षेत्रमा बृहत सनातन धर्म सम्मेलन भाद्र मसान्तभित्र आयोजना गर्ने, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षहरुको भेला भदौं मसान्तभित्र आयोजना गर्ने, भदौको पहिलो हप्ता काठमाडौं उपत्यका स्तरीय कार्यकर्ता भेला आयोजना गर्ने, प्रशिक्षण कार्यक्रमहरु विभिन्न तहहरुमा संचालन गर्ने निर्णय गरेको छ ।
साथै भ्रष्टाचार विरुद्ध विभिन्न तहहरुमा संघर्षका कार्यक्रम आयोजना गर्ने, दुई नं. प्रदेश स्तरीय स्थानीय तह निर्वाचनको तयारीमा जुटु्न सम्पूर्ण नेता, कार्यकर्ताहरु निर्देशन दिने निर्णय समेत भएको प्रवक्ता पाठकले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads