Loading...
गच्छदारलाई झट्का, उपाध्यक्षसहित दर्जनौ कार्यकर्ता माओवादीमा


सर्लाही, १४ भदौ– उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष पदबाट राजीनामा दिएका रामेश्वर राय यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार सर्लाहीको चक्रघाटा गाउँपालिकामा आयोजित कार्यक्रममा यादव आफ्ना समर्थकसहित माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । गच्छदारको कार्यशैलीबाट रुष्ट यादवले केही समय पहिले राजीनामा दिएका थिए ।

यादवसहितका समर्थकहरुलाई माओवादी प्रवेश गराउदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशमा माओवादी पहिलो पार्टी बन्ने बताए । माओवादी प्रवेश गरेका यादवले माओवादीले मात्र मधेशी जनताको अधिकारको रक्षा गर्ने देखेर पार्टी प्रवेश गरेको बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads