Loading...
अब आफ्नै सवारीले ट्रायल : सर्वोच्चबाट आयो यस्तो आदेश

Click to Load Image
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि आफ्नै सवारीसाधनबाट ट्रायल दिन पाइने भएको छ ।
सर्वोच्च अदालतले आफ्नै सवारी साधानमार्फत ट्रायल दिन पाइने अन्तरिम आदेश दिएको हो ।
आदेशले ट्रायलमा परीक्षार्थीलाई आफ्नै सवारी प्रयोग गर्न सक्ने गरी बाटो खोलिदिएको छ ।
यसअघि यातायात व्यवस्था विभागले सीमित कम्पनीका सवारी साधनबाट मात्रै ट्रायल दिन पाइने व्यवस्था गरेको थियो ।
परीक्षार्थीले ट्रयल दिँदा सवारीसाधन प्रयोग गरेबापत निश्चित रकम कम्पनीलाइृ बुझाउँदै आउका थिए ।
विभागका प्रवक्ता टोकराज पाण्डेले अदालतले आदेश दिएको सुनेपनि विभागमा आधिकारिकपत्र आइनसकेको बताए ।
उनले अदालतको आदेशअनुसार काम गर्ने जानकारी दिएको खबर आजको  नागरिकमा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads