Loading...
दुर्गा बहादुर लाम्गादे ‘विक’को नाकमा क्यान्सर हुँदा उपचारको लागि आर्थिक सहयोगको याचना


मंगला गाउँपालिका–१ कुहुँका दुर्गा बहादुर लाम्गादे ‘विक’को नाकमा गम्भीर समस्या देखिएपछि उपचारमा आर्थिक सहयोगको याचना गरेका छन् । साविक कुहुँ गाविस–४ का दुर्गा बहादुरको नाकमा समस्या देखिएपछि बेनी अस्पतालले नाकमा मासु पलाएकाले अप्रेसन गर्नुपर्ने सुझाव अनुसार क्षेत्रीय गण्डकी अस्पतालले थप उपचारका लागि काठमाण्डौ रिफर गरेको थियो ।
काठमाण्डौको टिचिङ अस्पतालमा उपचारको क्रममा क्यान्सर भएको बताएपछि थप उपचारमा आर्थिक समस्या भएको दुर्गाबहादुरका छोरा पृथलाल विकले बेनीअनलाइनलाई बताए ।‘उपचारमा आर्थिक समस्या देखिएको छ, सहयोगको अपेक्षा गरेका छौ’ विकले भने । उनले अप्रेसन र नियमित औषधीका लागि आर्थिक समस्या भएको बताए । विपन्न परिवारका विकले आर्थिक सहयोगबाट उपचार सम्भव रहेको बताउँदै स्वदेश तथा विदेशमा रहनुभएका म्याग्देलीलाई आर्थिक सहयोगको अनुरोध गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads