Loading...
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा सहमति भएको खुलासा


काठमाडौं, ११ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा सहमति भएको खुलासा भएको छ ।
संविधान संशोधनबारेको अभिव्यक्ति र सप्तकोशीमा उच्च बाँध बनाउने सम्झौताका कारण देशभित्र चर्काे आलोचना र विरोध भइरहेका बेला प्रम देउवाले हिन्दू राष्ट्रबारे मोदीसँग ठोस सहमति गरेका हुन् ।
गत बुधबार दिल्ली पुगेकै दिन प्रधानमन्त्री देउवालाई भारतीय प्रम मोदीले भेट्ने कुनै कार्यतालिका नहुँदा आकस्मात आफ्नो निवास सेभन रेसकोर्समा बोलाई वान टु वान भेट गरेका थिए । उक्त आकस्मिक भेटमा धेरैले भारत र चीनबीच दोक्लामा भइरहेको विवादबारे कुरा भएको अनुमान गरेका थिए । तर, होइन् रहेछ, त्यहाँ त मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्यो, के गर्नुपर्छ हामी गर्छाै भनेर प्रस्ताव गरेका रहेछन् ।
यसको खुलासा भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले गरेका छन् । उनका अनुसार मंसिरमा हुने संघ र प्रदेशको चुनावपछि नेपाली कांग्रेसले संविधान संशोधन गरेर नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा दुई नेताबीच सहमति भएको हो ।
नेता स्वामीले दिल्लीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मोदी र देउवाबीचको वान टु वान वार्ताका क्रममा नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा सहमति भएको जानकारी दिएका हुन् । ‘पहिलेदेखि नै नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेको भारतले देउवाको भ्रमणका क्रममा यस विषयलाई प्रभावकारी रुपमा अगाडि बढाएको हो,’ नेता स्वामीले भने ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले पनि नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा दुई प्रधानमन्त्रीबीचमा समझदारी भएको जानकारी दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads