Loading...
नेयमारले छोड्न चाहे बार्सिलोना

स्पेनी क्लब बार्सिलोनाका स्टार खेलाडी नेयमारले क्लब छोड्नका लागि औपचारिक जानकारी दिएको बार्सिलोनाले पुष्टि गरेको छ । क्लबले उनलाई आफ्नो भविष्यको फैसला गर्ने अनुमति दिएको छ ।

नेयमारलाई बुधवार ट्रेनिङमा भाग नलिने अनुमति दिइएको थियो । उनी पीएसजी क्लबमा अनुबन्धित हुने लगभग सुनिश्चित भएको छ । बुधवार उनी क्लबको बेसमा आएको एक घन्टामै त्यहाँबाट हिँडेका थिए ।
बार्सिलोनाले जारी गरेको एक बयानमा लेखिएको छ, ‘बिहानी सत्र शुरु हुनुअघि नेयमारले त्यहाँ उपस्थित सबैलाई आफूले क्लब छोड्न लागेको सूचना दिए त्यसैले उनलाई ट्रेनिङ नगर्न र भविष्यको फैसला गर्न अनुमति दिइएको छ ।’
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads