Loading...
अचम्मको रोग : किशोर अवस्थाका केटीहरू आफैं केटा बन्छन्

अमेरिकी महादेशमा अवस्थित क्यारिबियाली द्वीपहरूमा आजकल स्वास्थ्यसम्बन्धी अचम्मका घटनाहरू भइरहेका छन् । संसारबाट अलगजस्तो रहेको एक क्यारिबियन गाउँमा बच्चाहरू केटीको शरीर लिएर जन्मिन्छन् र किशोर अवस्थामा पुग्नेबित्तिकै उनीहरूको शरीर केटाको हुन जान्छ ।

बीबीसीको सिरिज काउन्टडाउन टु लाइफले यो अचम्मको गाउँको कथा बाहिर ल्याएको छ । सेलिनास नामक यो गाउँमा बस्ने जोनी नामक एक व्यक्तिको कथा बीबीसीमा आएको छ ।
जोनी जन्मिँदाखेरी केटी थियो र उसका आमाबुवाले उसको नाम फेलिसिटिया राखेका थिए । उसलाई स्वभावतः केटीकै पहिरन लगाउन दिइन्थ्यो ।
तर जोनीका अनुसार उसलाई कहिल्यैपनि केटी भएर बस्न मन लागेन । केटीले खेल्ने खेलौना पनि उसलाई चित्त बुझ्दैनथियो ।
ऊ अस्पतालको साटो घरमै जन्मेकाले कसैले पनि उसको गुप्तांग अरूको भन्दा फरक छ भन्ने नै बुझेन । उसको गुप्तांग केटाको जस्तो पनि थिएन अनि पूरै केटीको जस्तो पनि थिएन ।
फेलिसिटिया सात वर्षकी हुँदा उसको शरीरमा परिवर्तन आउन शुरु भयो । अब २४ वर्ष पुगेका जोन केटाको जीवन बाँचिरहेका छन् ।
चिकित्सकहरूका अनुसार यो कुनै चमत्कार होइन । यो दुर्लभ जेनेटिक डिसअर्डर हो जसका कारण गर्भमा भएको बच्चाको शरीरमा मेल सेक्स हर्मोन डीहाइड्रो टेस्टोस्टेरोन बन्न सक्दैन ।
गर्भको शुरुवातमा बच्चाको लिंग छुट्टिन्न । आठौं हप्तामा शिशुको शरीरमा डीहाइड्रो टेस्टोस्टेरोन बन्न थालेपछि केटो भएर जन्मिन्छ । तर केही पुरुष शिशुमा यी हर्मोन बन्न पाउँदैनन् । यसका कारण उसको शरीर केटीको जस्तो हुन्छ ।
तर किशोरावस्थामा रजस्वला हुने बेलामा शरीरमा पुरुष हर्मोन आउन थाल्छन् र गुप्तांग पुरुषको बन्न थाल्छ । धेरैजसो बच्चालाई १२ वर्ष पुगेपछि यस्तो हुन्छ ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads