Loading...
प्रमुख तीन दलका शीर्ष नेता प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै दिन


काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेता प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै दिन गर्ने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बोलाएको प्रमुख तीन दलको बैठकमा आगामी मंसिरभित्रै दुवै निर्वाचन एकै पटक गर्ने निश्कर्षमा पुगेका हुन् । 

निर्वाचन आयोगले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएपछि प्रधानमन्त्री देउवाले बुधबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक डाकेका थिए । निर्वाचन आयोगले भने एकै पटक निर्वाचन गर्न कानूनी तथा प्राविधिक जटिलता रहेको बताएका छन् । 

बुधबार मात्रै निर्वाचन आयोगका पदाधिकारीसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । आयोग सदस्यहरुले भदौं १ निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए । तीन शीर्ष नेताको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमै सर्वदलीय बैठक बसेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads