Loading...
एनआरएनए आइसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीको उमेद्वारी

18698246_1471664679521240_713299955313621446_n
दोहा आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय  परिषद कतारको सातौं अधिवेशनमा आईसिसि  सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन् ।१५ / १७ कार्यकालमा सचिवालय पदमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका  प्रेमले  श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए । यस कार्यकालमा कतारमा रहेका श्रमिकहरुको पक्षमा महत्वपुर्ण भूमिका निर्वाह गरेका  प्रेमले एनआरएनएलाई श्रमिक मैत्री बनाउन सक्रिय रहेका छन् ।
पछिल्लो संरचना अनुसार प्रदेश नम्बर ४ म्याग्दी जिल्ला बेनी नगरपालिका  घर भएका प्रेम रसाइली  म्याग्दी जिल्लावासीहरुको  साझा सस्था मोना कतारको सस्थापक अध्यक्ष  हुन् l   रसाइली कतारमा विश्वकर्मा समाजको सस्थापक सल्लाकार. दलित एकता संजालका वरिष्ठ सल्लाकार र साझा मंच कतारको सल्लहाकार लगाएत विभिन्न सामाजिक संघसस्थाहरुमा समेत आबद्द रहेका छन ।
झन्डै २ दसक देखि कतारमा रोजगारी गर्दै  एक प्रेम रसाइली कतारको प्रतिष्ठित स्थानीय कम्पनि जनरल सुपरभाइजरको रुपमा कार्यरत  रहेका छन ।
मेरो उमेद्वारी किन?
उनले आफ्नो उमेद्वारी किन त भन्ने प्रश्नमा पद्धति प्रक्रिया बिधि र विधानको पालना गर्दै कतारको निर्देशिका, संघको बिधानमा रही कतार र नेपाल सरकार को बिचमा पुलको काम गर्न गराउन,  नेपाली राजदुताबाससंग  समन्नय गरि हामी नेपालीको हक हितका निम्ति लाग्ने उनको भनाई थियो ।
त्यसैगरि एनआरएनएको अभियानलाई मध्यपूर्वको एजेण्डा मजवुद गराउदै अगाडी लैजाने सोचका साथ आइसीसी सदस्य उमेद्वारी दिएका रसाइली निस्वार्थ भावनाले सेवाका आफुले समर्पित गरेको बताए l साथै नेपाली दाजुभाई तथा दिदिबहिनी कलाकार, खेलाडी ब्यापारी र श्रमिकका रुपमा प्रवासमा  भोगेका समस्या समाधान लागि आफ्नो बलबुता र बिबेकले सकेसम्म समाधान गर्न सदैव तत्पर रहने छु उनले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads