Loading...
आत्तिए कमल थापा

काठमाडौं । राप्रपामा अहिले संख्याको ठूलो महत्व छ । विगतमा कार्यकर्तालाई रुखो व्यवहार गर्ने छवी बनाएका कमल थापाले दुई दिनयता केन्द्रीय सदस्य र सांसदहरूलाई लगातार फोन र घरघरै पुगेर भेट गर्न थालेका छन् ।
केन्द्रीय समितिमा ४२ सदस्य ‘एकलौटी’ मनोनयन गरेपछि पार्टीमा आफ्नो पकड कायम छ भनेर ढुक्क थिए, थापा । त्यसैले वार्ता र आश्वासनमा अल्झाएर पशुपति शम्शेर राणालाई भुलाउने रणनीतिमा उनीलागेको पार्टीको स्रोत बताउँछ ।
तर, राणाले संसदीय दल र केन्द्रीयकार्य समिति दुवैतर्फ ४० प्रतिशतभन्दा अधिक सदस्य संख्या पुर्‍याएर निर्वाचन आयोग र संसद सचिवालयमा दल दर्ताको निवेदन दिएपछि कमल थापाको घमण्ड चकनाचुर भएको एक पदाधिकारीले बताए ।
राणाले ७२ केन्द्रीय सदस्य र २२ जना सांसदको समर्थन लिएर निवेदन दर्ता गराएपछि थापा के गर्ने, के नगर्ने भन्ने संकटग्रस्त अवस्थामा पुगेका छन् । राणा पक्षले निवदेन दर्ता गराएकै दिन ४० प्रतिशतभन्दा अधिक सांसद र केन्द्रीय सदस्यको सनाखत गराइसकेको छ भने थप सदस्यहरूको समर्थन जुटाउने क्रमजारी राखेको छ ।
स्रोतका अनुसार सनाखत गरीसकेका केन्द्रीय सदस्य र सांसदहरूले अब समर्थन फिर्ता लिन सक्दैनन् । त्यसकारण राप्रपा (प्रजातान्त्रिक)को पक्षमा कति धेरै समर्थन जुटाउने भन्ने मात्र प्रश्न हो । राणा पक्ष नेताका अनुसार, संसदीय दलमा ५१ प्रतिशत समर्थन पुगी सकेको छ भने केन्द्रीय समितितर्फ केही संख्या मात्र थप भए कमल थापा अल्पमतमा पर्ने स्पष्ट छ । यसो हुँदा थापाले राप्रपामाथिको आधिकारिक पकड गुमाउने अवस्था सिर्जना हुने एक नेताले बताए ।
यही अवस्था बुझेर, पार्टी विभाजन रोक्न नसके पनि ५१ प्रतिशत नपुगोस् भनेर थापा पक्ष जोडतोड गर्दैछ । यसै रणनीतिअनुसार सोमबार बसेको केन्द्रीय समितिको बैठकले ‘मान्छे मरेपछि ओखती’ भने झैं गरेर १६ जना सांसद र केन्द्रीय सदस्यलाई कारवाही ग¥यो । कमल थापाले आकस्मिक रुपमा डाकेको बैठकमा आवश्यक गणपूरक संख्या नै नपुगेको बैठकमा उपस्थित एक नेताले बताए ।
थापा स्वेच्छाचारी छन् भन्ने आरोप लागीरहेका बेला कोरम नै नपगुेको बैठकले अनुशासन समिति परिचालन नगरी, स्पष्टीकरण समेतको मौका नदिएर कारवाही गर्नु आफैंमा रोचक विषय बनेको छ ।
गलत आरोप
राप्रपा (प्रजातान्त्रिक) गठनका लागि निवेदन दर्ता गराएलगत्तै, थापाले हस्ताक्षर नक्कली भएको आरोप लगाए । तर, संसद र निर्वाचन आयोगको कार्यालयभित्रै केन्द्रीय सदस्य र पदाधिकारीले गरेको हस्ताक्षर नक्कली हो वा सक्कली हो भनेर थापाले कसरी निर्क्यौल गरे भन्ने प्रश्न आफैंमा विवादित छ ।
किनभने ती हस्ताक्षर जाँच गर्ने वैधानिक हैसियत कमल थापासँग कतै सुरक्षित छैन । ‘त्यसैले थापाले मन गढन्ते आरोप लगाएका हुन्, भ्रम सिर्जना गर्ने दुष्प्रयास मात्र गरेका हुन्’, एक नेताले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads