Loading...
राज्य व्यवस्थाको बैठक बस्दै, निर्वाचन विधेयकमाथि छलफल हुने

काठमाडौं, १६ भदौ । निर्वाचन विधेयकका विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था समितिको बैठक बस्दैछ ।
सिंहदरबारमा आज बस्ने बैठकमा उम्मेदवारसम्बन्धी निर्वाचन विधेयकमाथि छलफल हुनेछ । कांग्रेसले भ्रष्टाचार अभियोग प्रमाणित भइ तीन वर्षभन्दा कम समय सजाय पाएकालाई प्रतिस्पर्धा गर्न दिनुपर्ने पक्षमा संशोधन हालेको थियो ।
भ्रष्टाचार अभियोगमा सजाय पाएकालाई उम्मेदवार बन्न दिने कि नदिने भन्ने विषयमा यसअघि विवाद भएपछि विधेयकमाथि सहमति हुन सकेको थिएन ।
आजको बैठकमा सो विषयप्रति नेपाली कांग्रेस लचक हुने संकेत गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads