Loading...
खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल

काठमाडौं । नेपाल आयल निगमका महाप्रबन्धक गोपाल खड्कालार्इ निलम्बन गरी कानुनी कारवाहीका लागि प्रकृया थाल्न भन्दै वाईसीएल नेपालले आपुर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापनपत्र बुझाएको छ ।
आयल निगमका महाप्रन्धक खड्का सहित जग्गा खरिद प्रक्रियामा संलग्न सबैलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने वाईसीएलको माग छ । ‘आयल निगमको जग्गा खरिद प्रकरण लगायत र यसअघिका अन्य निर्णयहरुमा समेत महाप्रबन्धक गोपाल खड्का प्रति हाम्रो संगठन गभिर आशंका व्यक्त गर्दछ ।’
ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ महाप्रबन्धक सहित निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण कर्मचारीहरुलाई तुरुन्त निलम्बन गरी कानुनी कारवाहीका लागी प्रकृया थाल्न माननिय मन्त्री ज्यु मार्फत अनुरोध गर्दछ ।’
पछिल्लो समय  सरकारी र सार्वजनिक संस्थानहरुमा दुबो झैँ भ्रष्टाचार मौलाएको भन्दै  भ्रष्टाचारप्रति वाईसीएल नेपालको गम्भिर ध्यानाकर्षण भएको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads