Loading...
१६ हजार करोड भारुमा बिक्यो आइपीएलको मिडिया राइट्स

मुम्बई – इन्डियन प्रिमियर लिग (आइपीएल) प्रतियोगिताको मिडिया राइट्स स्टार इन्डियाले पाएको छ । सोमबार भएको लिलामीमा स्टार इन्डियाले यसका लागि १६ हजार ३४५ करोड भारुको सबैभन्दा ठूलो बोली लगाएको थियो ।
स्टारले भारतको टिभी राइट्स, डिजिटल राइट्स र बाँकी विश्वको टिभी र डिजिटल राइट्स हासिल गरेको छ ।
मिडिया राइट्सको यो रेसमा रिलाइन्स जिओ, स्टार इन्डिया, फेसबुक, ट्वीटर, अमाजनजस्ता २४ देशी–विदेशी दिग्गज कम्पनीहरुको होड थियो ।
यो करार २०१८ देखि २०२२ सम्मका लागि गरिएको छ ।
योभन्दा पहिले आइपिएलको प्रशारण अधिकार सोनीसँग थियो । यसपटक ११ हजार ५० करोडसम्मको बोली लगाएको थियो । तर, यो भारतको टिभी प्रशारणको लागि मात्र थियो । यसको अलावा ८४.५ करोड रुपैयाँको बोली अन्य एक श्रेणीमा राखेको थियो ।
हालसम्म मिडिया अधिकार सोनी पिक्चर्स नेटवर्क इन्डियासँग थियो । जबकी स्टार इन्डियासँग लिगको डिजिटल अधिकार थियो । दुई कम्पनीको अधिकार सन् २०१७ मा समाप्त भएको थियो ।
सन् २००८ मा सोनी पिक्चर्सले ८२ सय करोड रुपैयाँमा १० वर्षका लागि राइट हासिल गरेको थियो ।
सन् २०१५ मा नोवी डिजिटललाई ग्लोबल डिजिटल राइट ३०२.२ करोड रुपैयाँमा बेचिएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads