Loading...
वडामा एक वर्षभित्र इन्टरनेट पु-याउन निर्देशन

व्यवस्थापिका संसद्को विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।internet sewa

समितिको सोमबार बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना र प्रविधि अनिवार्य भएको भन्दै १५ कात्तिक २०७५ सम्म प्रत्येक गाउँमा सञ्चार सेवा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

दुई वर्षभित्रमा गाउँगाउँमा तीव्र गतिको इन्टरनेट सेवा पु¥याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँगाउँमा इन्टरनेट पु¥याउने उद्देश्यले अप्टिकल फाइबर विस्तारलाई तीव्रता दिइएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ, राजधानी दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads