Loading...
कम्युनिष्ट आन्दोलनका एक कुशल व्यक्तित्व : बलभद्र ढकाल


नेपालमा कम्युनिष्ट आन्दोलनलाइ उत्कर्षमा पु¥याउन आम नागरिकले निकै कष्टपूर्ण तबरले सहयोग गरेकै हुन । नेपाल कम्युनिष्ट पार्टीको स्थापना अनि त्यस पछिको समयमा भएका धेरै आन्दोलनहरुको पनि कम्युनिष्टहरुले नै नेतृत्व गर्दै आएका हुन् । नेपालमा भएका धेरै परिवर्तनहरुको मुल प्रवाहमा कम्युनिष्टहरु नै अग्र पंक्तिमा आउने गरेका छन् । यस्तै म्याग्दी जिल्लाको कम्युनिष्ट आन्दोलनका धेरै अगुवाहरु छन् । कम्युनिष्ट आन्दोलनकै क्रममा आफ्नो ज्यानै गुमाउन बाध्य पारिएका नेकपा एमालेका सचिवालय सदस्य मणिलाल शर्मा, तुलप्रसाद पुर्जा हुन् या मोदनाथ प्रश्रित म्याग्दी जिल्लामा कम्युनिष्ट किल्ला बनाउन लागि परेका थिए । महिला नेतृ थममायाँ थापा, नरदेवी पुन तथा कृष्ण पौडेल, निलबहादुर तिजिलालगायतका नेताहरु पनि म्याग्दी जिल्लाले पाएको थियो ।

हामी आज म्याग्दी जिल्लामा दोश्रो पुस्ताको कम्युनिष्ट आन्दोलनका अग्र भागमा रहेका नवराज शर्मा, भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठलगायतको समूहका एक सहयोद्धाको बारेमा चर्चा गर्न लागिएको छ । पश्चिम म्याग्दीको अर्मन गाविस वडा नम्बर ५ घर भएका बलभद्र ढकालको । निरंकशु राणा शासनको पतन पछि आएको प्रजातन्त्र अनि दलहरुको असक्षमताले पुन गुमेको त्यही प्रजातन्त्रलाइ जनतामा ल्याउनका लागि गरिएको आन्दोलनको समयमै भूमिगत कम्युनिष्ट आन्दोलन थियो । त्यस समय देखिनै तत्कालिन अवश्थामा नेकपा एमालेको रातो झण्डालाइ शिरमा लिएर देश र जनताको खातीर आन्दोलनमा होमिने एक योद्धा थिए बलभद्र ढकाल ।

नेकपा एमालेका तत्कालीन सचिव भूपेन्द्र बहादुर थापाले वि.सं. २०६५ साउन ३ गते गरेको सिफारिसलाइ आधार मान्ने हो भने पनि ढकालको भूमिका म्याग्दी जिल्लामा नेकपा एमालेका लागि महत्वपूर्ण थियो भन्नेमा दुइ मत हुँदैन । उक्त सिफरिस पत्रमा उल्लेख भएका बुँदाहरुकै आधारमा हेर्दा ढकालले २०४१ सालमा जनपक्षिय उम्मेदवारलाई जिताउनका लागि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । त्यस्तै ढकालले २०४५ सालमा ४५ दिन तत्कालिन राज्यद्वारा दिइएको चरम यातना सहित हिरासतमा बिताउन परेको थियो । २०४६ सालको जनआन्दोलनमा मष्टवाण्टेड सूचि सहित वारेन्ट जारी गरेको थियो प्रशासनले ढकाललाई । २०५४ सालको स्थानिय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अर्मन गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए ढकाल ।

२०५४ सालमा नै पार्टीले क्षेत्रीय सदस्यको टिकट दिएको भएपनि तत्कालीन अवस्थामा चन्द्र बढाथोकीलाइ ढकालले आफूले पाएको टिकट दिएका थिए । आफ्नो लागि मात्र नभै अरुका लागि पनि केही गरौं र अन्यलाइ पनि मौका दिनु पनर्छ भन्ने ढकालको मान्यतालाइ यसले पनि प्रष्ट पार्दछ ।
वि.सं. २०५५ सालमा ढकाल नेकपा एमालेको युवा संगठन तत्कालिन प्रजातान्त्रीक राष्ट्रिय युवा संघ म्याग्दीका उपाध्यक्ष भएका थिए भने सोही वर्ष नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका थिए । व्यवसायीकता तर्फ पनि पाइला चालेका ढकालले २०६०–२०६४ सालमा नेकपा एमाले म्याग्दी काठमाडौ सम्पर्क मञ्चको सदस्य भएका थिए । त्यस्तै ०६४–०६६ कोषाध्यक्ष २०६६–२०७० सम्म म्याग्दी काठमाडौ सम्पर्क मञ्चको अध्यक्ष भएका ढकाल २०७०–२०७२ नेकपा एमाले धालौगिरी काठमाडौ सम्पर्क मञ्चको सदस्य भएको थिए ।
ढकालले २०४८ को संसदीय आमनिर्वाचनमा म्याग्दी जिल्लाको दुवै क्षेत्रबाट नेकपा एमालेलाइ विजयी गराउनका लागि पार्टीको निर्देशन अनुरुप प्रचारकको भूमिका निर्वाह गरेको भन्दै नेकपा एमालेले २०४८ जेठ २८ गते प्रसंसा पत्र प्रदान गरेको थियो ।

ढकालले माध्यमिक तहको अध्ययनको शिलशिलामा मंगला माध्यमिक विद्यालय बाबियाचौरमा अध्यापन गर्ने प्रगतिशिल बिचारका शिक्षक मणिलाल शर्मा र मात्रिका चौचनलाइ प्रगतिशिल बिचारको पक्षपोषण गरेको भन्दै विद्यालयबाट हटाउने निर्णयका विरुद्धमा विद्यार्थीहरुको नेतृत्व गर्दै योग्य शिक्षक हटाउन नपाइने भन्दै दवाव दिएका थिए । तर उनीहरुको आवाजलाइ विद्यालय प्रशासनले नसुने पछि विद्यालयका शिक्षक मणिलाल र मात्रिका सँगै बलभद्र ढकालको नेतृत्वको विद्यार्थीले पनि विद्यालय छोडेका थिए । ति विद्यार्थीहरुको समूह केही धौलागिरी मावि सिंगा पढ्न पुगेका थिए भने केही विद्यार्थीहरु जनप्रिय मावि दरवाङ पढ्न गएका थिए ढकाल जनप्रिय माविमै पढ्न पुगेका थिए ।
२०४८ साल असोज ३ गते नेकपा एमालेका सचिवालय सदस्य तथा इलाका नम्बर ७ का इन्चार्ज नवराज शर्माले प्रमाणित गरेको साँगठनीक विषयमा उल्लेख भएको विषयलाइ आधार मान्दा ढकालले दरवाङबाट अनेरास्ववियुको विद्यार्थी आन्दोलन र २०४६ सालको पञ्चायन विरुद्धको आन्दोलनमा पनि सक्रियतापूर्वक सहभागिता जनाएका थिए ।
बलभद्र ढकाल नेकपा एमालेका सक्रिय कार्यकर्ता त हुन नै उनी सामाजिक अभियन्ता पनि हुन् । ढकालले २०४७ साल देखि अहोरात्र २०६० साल सम्म मालिका युवा क्लबको विभिन्न पदमा रहेर आत्म साँक्षी राखी मन बचन र कर्मले सामाजिक सेवा गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads