Loading...
म्याग्दी हिस्तानको महभीरमा जीप दुर्घटना घाईतेको बेनी अस्पतालमा उपचार हुदै

अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभीरमा बोलेर जीप दुर्घटनामा परेका यात्रुलाई बेनी अस्पतालमा ल्याइएको छ । सदरमुकाम बेनीबाट हिस्तान टिकोट तर्फ जाँदै गरेको ध १ ज ६६८ नम्बरको बोलेरो जीप सडकबाट करिव ४० मिटर तल खसेर घाईते भएका यात्रुको पहिचान समेत खुलेको छ ।
साँझ ५ बजे बेनीबाट टिकोट तर्फ लागेको जीपमा सवार पर्वत जलजला गाउँपालिका–५की विपना पुन, प्रतिमा पुन, सुनिता पुन, अन्नपूर्ण गाउँपालिका–७ की १२ बर्षिया बर्षा फगामी, २५ बर्षिया ममता पुर्जा, ३० बर्षिया लक्ष्मी गर्बुजा, ३० बर्षिया अनिता गर्बुजा र उनकी ३० बर्षकी छोरी आरजु गर्बुजा, जीपका मालिक तुल बहादुर फगामी र चालक धुव्र फगामीको पहिचान खुलेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले  जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते भएका घाईतेलाई अस्पतालमा उपचार भइरहेको छ । चिकित्सक, स्वास्थ्यकर्मी सहितको टोलीले इमरजेन्सी र प्रशिक्षालयमा घाईतेको उपचार गराइरहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएकालाई थप उपचारका लागि पोखरा पठाउने तयारी समेत गरिएको छ । क्षमता भन्दा धेरै यात्रु सवार र जोखिमपूर्ण सडक दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान रहेको छ ।
जीप दुर्घटना भएको जानकारी पाएपछि स्थानीयबासी र प्रहरीले घटनास्थलबाट घाईतेको उद्धार गरेर ट्याक्सी लगाएतका सवारीसाधनको प्रयोग गरी बेनी अस्पतालमा ल्याएका थिए । पाँचजनाको क्षमता रहेको बोलेर जीपमा क्षमता भन्दा तेब्बर यात्रु सवार थिए । चाडपर्वमा जिल्ला बाहिरबाट आएका सर्वसाधारण आफ्नो घर जाने क्रममा जोखिमपूर्ण सडकमा समेत क्षमता भन्दा धेरै यात्रु बस्ने र सवारीचालकले समेत कमाईको माध्यम बनाउन खोज्ने भएकाले पनि दुर्घटनाको जोखिम रहेको छ ।
जिल्लाको ग्रामिण क्षेत्रमा रातो नम्बरका बोलेरो जीपले सामान ढुवानी संगै यात्रुलाई समेत भाडामा बोक्ने गरेका छन्। बेनी नगरपालिका सहित जिल्लाका पाँचवटै गाउँपालिकामा चल्ने बोलेरो जीपले खाद्य, निर्माण साम्रागी सहित खचाखच यात्रु बोक्ने गरेकाले पनि बोलेरो दुर्घटना हुने गरेको छ । प्रहरीले गतबर्ष रातो नम्बर भएका बोलेरोलाई यात्रु बोक्न रोक लगाएपनि ग्रामिण क्षेत्रमा बोलेरोले यात्रु बोक्ने गरेका छन् ।
बेनिअनलाईन बाट साभार 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads