Loading...
डेढ वर्षअघि दर्ता भएको नेपालको एक मात्र दलित पत्रकार संघमा भद्रगोल,साधरणसभामै झगडा



काठमाडौ,२६ भदौ । आजभन्दा करिव डेढ वर्षअघि दर्ता भएको नेपालको एक मात्र दलित पत्रकार संघ भद्रगोल बनेको छ । आन्तरिक मनमुटावको कारण डेढ वर्षसम्म वैधानिक नेतृत्वसमेत चयन गर्न सकेको छैन ।
तदर्थ समितिलाई बैधानिकता दिने भन्दै आइवार राजधानीमा बन्दसत्रको कार्यक्रम आयोजना गरेको भएता पनि संघको नेतृत्वनै झगडा गर्दै वाहिरिए । जसका कारण यसपालिको साधरणसभाले समेत नया“ नेतृत्व चयन गर्न सकेन । दलित पत्रकार संघले डेढ वर्षसम्म देखिने कुनै काम नगर्दा र नया“ नेतृत्व चयन गर्न नसक्दा बद्नाम बनेको छ ।
डेढ वर्षसम्म शुन्य काम
दलित समुदायको पत्रकारहरुको संख्या बृद्धि, क्षमता अभिबृद्धि र दलित मुद्दालाई स्थापित गर्नमा सकारात्मक भूमिका खेल्न भन्दै आजभन्दा डेढ वर्षअघि पवित्रा सुनारको अध्यक्षतामा पत्रकार संघ गठन भएको थियो । संघको उपाध्यक्षमा गोपाल बराइली, महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व, कोषाध्यक्षमा बुद्धि विश्वकर्मा रहेका थिए । तर, संघ गठन भएको लामो समयसम्म बैठक नै बस्न सकेन । केहि समयपछि उनीहरुले संस्था दर्ता गर्ने काम त गरे तर जुंगा र नेतृत्वको लडाइको कारण एकले अर्कालाई बाटो छेक्ने काम मात्र भयो । संस्थामा मूख्य रुपमा महासचिव लक्ष्मण दर्नाल र कोषाध्यक्ष बुद्धि विश्वकर्माले अध्यक्षलाई असफल बनाउने रणनीति खेल्न थालेको अध्यक्ष सुनारले साधरणसभामै बताएकी थिइन् ।  अध्यक्ष पवित्रा सुनारले पटक पटक वैंक खाता खोल्ने र अरु काम गर्ने योजना लिदा पनि बुद्धि र लक्ष्मणको निरन्तर असहयोग हुन पुग्यो । बुद्धिको असहयोगी पनलाई सचिव सन्तोषले पनि साथ दिए । जसको कारण न कुनै काम गर्न सके न त संस्था नै सम्मानित हुन पुग्यो ।

साधरणसभामा आएका मन्त्री नै फर्कीए
आजभन्दा तीन महिनअघि साधरणसभाको मिति तय गरेर संघले आयोजना गरेको थियो । उक्त साधरणसभाको प्रमुख अतिथिमा तत्कालिन शिक्षा राज्यमन्त्री धनकुमारी विकलाई बोलाइएको थियो । तर, उक्त साधरण सभामा संघका अध्यक्ष पवित्रा, उपाध्यक्ष गोपाल, सदस्य विश्वास खड्काथोकी, कृष्ण रिजालको मात्र उपस्थिति थियो । अरु एक दर्जनबढी वाहिरि पत्रकारहरुको उपस्थिति रहेता पनि महासचिव, कोषँध्यक्ष, सचिव र अरु केही सदस्यहरुको समेत अनुपस्थिति थियो । सचिवले सन्तोष गन्दर्भले आउने आश्वासन दिए पनि पछि एकाएक फोन स्वीच्ड अफ गरेर बसिदिए । महासचिवले कार्यक्रममा उपस्थित जनाउने बताए पनि चिया पसलमा चिया पिएर बसे । जसकारण त्यतिबेला राष्ट्रिय दलित अयोगको सदस्य मन्जित ताम्राकारलाई प्रमुख अतिथि बनाएर साधरण सभाको उद्घाटन सत्र गरिएको थियो । उक्त कार्यक्रममा लक्ष्मण दर्नालले संघमा परियार बाद हाबी गर्न खोजेको गाइगुई सुनिएको थियो । त्यसपछि बल्लतल्ल बसेको बैठकमा महासचिनै उफ्रिए, ‘तपाईहरु यस्तो केटाकेटी पाराले काम गर्ने ? यस्तो पनि हुन्छ ?’ महासचिवको भनाईमा हो मा हो मिलाएर बुद्धि विश्वकर्माले ।
अध्यक्षको लडाइले साधारणसभानै स्थगित
आइतवार भएको साधरणसभामा संघको अधिकांश पदाधिकारि र सदस्यहरुको उपस्थिति रहेको थियो । त्यसबाहेक डेढ दर्जन वाहिरि पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । उक्त साधरणसभाबाट नेतृत्व चयन गर्ने र वाहिर रहेका दलित समुदायका पत्रकारहरुलाई सदस्यता वितरण गर्ने बताइएको थियो । तर, साधरणसभामा अध्यक्ष बाहेकले प्रतिबेदनसमेत अन द स्पट स्पाइरल कपिमा लेखेर बाचन गरेका थिए । त्यसपछि लक्ष्मण दर्नाल र गोपाल बराइलीले अध्यक्षमा दावी गरे । तर, पवित्रा सुनारले आफुले काम गर्न चाहेको र काम गरेर मात्र वाहिरिने भन्दै एक कार्यकाल मौका दिन आग्रह गरिन् । तर, साधरण सभाको पा“च घण्टा अध्यक्षको लडाइमै सकियो । अन्तत साधारणसभा नै स्थगित बन्न पुग्यो ।
उपस्थिति भएका अन्य दलित समुदायका पत्रकारहरुले पहिलेको टिमलाई नै निरन्तरता दिन आग्रह गरेको भएता पनि महासचिव टसको मस भएनन् । निर्वाचन गर्ने भन्दै निर्वाचन कमिटि समेत गठन गरियो । सोही कार्यक्रममा अनिल परियारले भने, ‘भर्खरै साधारण सदस्यता लिएर कसरी भोट हाल्ने ?’
निर्वाचन कमिटि गठन भए पनि छलफलबाटै अध्यक्षको टुंगो लगाउने भन्दै छलफलमै बस्त रहे । अफु अध्यक्ष हुने अवस्था नदेखेपछि लक्ष्मण दर्नालले गोपाल बराइलीलाई अगाडि सारे । र, पवित्रा अध्यक्ष हुने भए आफै उठ्ने उल्लेख गरे । यतिसम्मकी महासचिव दर्नालले पवित्रालाई, ‘उपाध्यक्ष हुन समेत आग्रह गरे ।’ पछि सचिव सन्तोषले महासचिवमा दावी गर्न थाले । अनिल परियार, विश्वास खड्काथोकी, अशोक दर्नाल, विनोद विश्वकर्मा, बसन्त विश्वकर्मालगायतले मिलाउने अधिकतम गरेको प्रयास सफल भएन । त्यसपछि निर्वाचन कमिटिका संयोजक बसन्त विश्वर्माले समयमा उम्मेद्वारी नपरेको भन्दै साधारण सभा स्थगित भएको घोषणा गरे । आफुलाई काम गर्न नदिने संघ भित्र अनावश्यक खेल भएको र अफु सोझो बाटो हिड्ने भन्दै अध्यक्ष पवित्रा सुनार बन्दसत्रबाट वाहिरिइन् । त्यसपछि संघको बन्दसत्र पदधिकारी चयन नै नगरि स्थगित हुन पुग्यो ।

अध्यक्षमाथि यस्तो आरोप
महासचिव, सचिव, कोषँध्यक्ष र उपाध्यक्षले पवित्रा सुनारको कार्यशैली राम्रो नभएको आरोप लगाएका छन् । दर्नाल भन्छन्, ‘निर्देशन दिने होइन । उहा“को बोल्ने शैली नै राम्रो छैन । नेतृत्व क्षमता नै छैन ।’ अध्यक्ष पवित्राले भनिन्, ‘उहाँहरुले वाहिरि शक्तिहरुको आडमा मलाई पटक पटक असहयोग गर्नुभएको छ । मलाई व्यइजत्तीको भारी बोकाउन खोजिएको छ । पटक पटक बोलाउदा पनि मिटिङमा उपस्थित हुनुहुन्न । वैठकमा योजनाको केही कुरै गर्नुहुन्छ । उहा“हरुले संस्थालाई प्रयोग गरेर आफु माथि जने खेल खेल्नुभएको छ । मैले संस्थाको लागि काम गरौ“ भनेकी छु ।’
अब के हुन्छ ?
साधारणसभा स्थगित भएस“य गतिहिन र अज्ञात बनेको छ । आगामी दिनमा के गर्ने भन्ने बारे कुनै निर्णय नै हुन सकेको छैन । निर्वाचन समितिका संयोजक बसन्तले भने, ‘बन्दसत्रमा उपस्थित भएका बहुमत सदस्य तथा पूर्व कार्यसमितिले लिखित रुपमा निर्वाचन समितिलाई निवेदन दिएपछि स्थागित निर्वाचनको कार्यक्र पुनः सुचारु गर्न सकिन्छ ।’ अहिले संस्थको सम्पूर्ण डकुमेण्ट निर्वाचन समितिमा रहेको छ । यस विषयमा महासचिव लक्ष्मण दर्नालले भने, ‘सरसल्लाह आवश्यक छ । विस्तारै अघि बढ्न ।’ उनले स्पष्ट जवाफ नदिइ फोन काटे । अध्यक्ष पवित्रा सुनारले, ‘साथीहरुस“ग छलफल हुन बाँकी, छलफलपछि के गर्ने भन्नेबारे निष्कर्ष निस्कन्छ ।’
यस्तो छ तदर्थ समिति
अध्यक्षः पवित्रा सुनार (नागरिक दैनिक)
उपाध्यक्षः गोपाल बराइली (निशान न्यूज डट कम)
महासचिवः लक्ष्मण दर्नाल (गोरखापत्र दैनिक)
सचिव: सन्तोष गन्दर्भ (रेडियो वाणी)
कोषाध्यक्षः बुद्धि विश्वकर्मा (रेडियो हिमालय)
सदस्यहरु
विनोद विश्वकर्मा (एविसि टेलिभिजन)
कृष्ण रिजाल (नयाँ पत्रिका दैनिक)
विश्वास खड्काथोकी (नयाँ पत्रिका दैनिक)
कमला विश्वकर्मा (रेडियो नेपाल)
सविता विश्वकर्मा (सिआइएन, अहिले बाहिर)
विरु नेपाली
दलितअनलाइन बाट साभार 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads