Loading...
नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने घोषणा

काठमाडौं, २१ भदौ - चर्चित तर विवादित बन्दै गएको रियालिटी सो नेपाल आइडलले यस साता भोटिङ गर्दा पैसा नलाग्ने घोषणा गरेको छ । गत साता आइडलले कुनै पनि प्रतियोगिलाई एलिमेसन नगरेपछि आइडल कमाउ भन्दामा लागको भन्दै चौतर्फी आलोचना भएको थियो ।nepal idol_1
सोको आलोचनापछि आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस साता पैसा नलाग्ने घोषणा गरेको हो । 

आइडलको सूचनामा भनिएको छ - गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लग इन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भताकालागी समाज बिगार्ने बाट जोगियौ |

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads