Loading...
रुद्राक्षको स्वरूप परिवर्तन गर्न लागे चिनियाँ व्यापारी

कानुन अभावको फाइदा उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षलाई अप्राकृतिक बनाउन थालेका छन् । कृषकका रुद्राक्ष बगान पसेर चिनियाँ व्यापारीले दानालाई आकर्षक कनाउन चिचिलामै मेसिन प्रयोग गरी रुद्राक्षको स्वरूप बिगार्दासमेत स्थानीय प्रशासन भने मौन छ ।rudraksh-12

जैविक विविधता महासन्धिअनुसार सरकारको अनुमतिमा मात्र प्राकृतिक बोटबिरुवा र फलको स्वरूप बिगार्न पाइनेमा चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न स्थानमा रुद्राक्षको अवैध स्वरूप परिवर्तन गरिरहेका छन्, राजधानी दैनिकमा खबर छ ।

वन तथा भूसंरक्षण मन्त्रालयका वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार रुद्राक्षको दानाको स्वरूप बिगार्न पाइने या नपाइने विषयमा कानुन अस्पष्ट रहेका कारण स्वरूप बिगार्नुअघि सरकारको अनिवार्य अनुमति लिनुपर्छ ।

तर रुद्राक्षका व्यापारीले भने अनुमतिबिनै मनोमानी ढंगले अप्राकृति बनाइरहेका छन् । महिनौदेखि स्वरूप बिगारे पनि स्थानीय प्रशासनले भने बल्ल चासो देखाउन थालेको छ । चिनियाँहरूले संखुवासभा र भोजपुरका अधिकांश किसानका रुद्राक्ष बगान खरिद गरेर मेसिनको प्रयोगबाट रुद्राक्षको आकार अप्राकृतिक बनाइहेका छन् ।

स्थानीय रुद्राक्ष व्यवसायी र कृषकहरूले उजुरी दिए पनि कानुन अभावमा कारबाही अघि बढाउन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads