Loading...
बाँदरको सेल्फी विवाद सुल्झियो : फोटोग्राफरको जित

Click to Load Image
बाँदरको सेल्फी विषयलाई लिएर दुई बर्ष अगाडी पशु अधिकारकर्मीले दायर गरेको मुद्धामा फोटोग्राफरको जित भएको छ ।
 
ईन्डोनेशियाको जंगलमा सन् २०११ मा मकाक प्रजातीको नारुतो नामक बाँदरले न्यु साउथ वेल्सस्थित मोनामाउथसर निवासी डेभिड स्टेलरको क्यामेरालाई उठाउन खोज्दा उक्त तस्विर लिईएको थियो । 

उक्त तस्विर बाँदरले नै खिचेको भन्दै पेटा नामक पशु अधिकारसम्बन्धी काम गर्ने संस्थाले स्टेलरविरुद्ध दायर गरेको मुद्धामा सुनुवाई गर्दै अमेरिकी न्यायधिसहरुले  बाँदरलाई सर्वाधिकारसम्बन्धी अधिकार दिन नसकिने फैसला गरेका छन् । 

बाँदरको पक्षबाट पेटाले गरेको अपिल खारेज गरिएको छ तर पनि स्टेलरले उक्त तस्विरबाट हुने आम्दानीको २५ प्रतिशत चन्दा दिने बताएका छन् ।, आजको नागरिकमा यो खबर छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads