Loading...
काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं, २१ भदौ । सरकारले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ ।
बुधबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले कलेज सञ्चालनका लागि मापदण्ड पूरा नभएको र अवैध रुपमा सञ्चालन भइरहेको प्रतिवेदनका आधारमा केएनएमसीको सम्बन्धन खारेज गरेको हो ।
यसअघि आजै विहान त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले काठमाडौंस्थित कालिकास्थानमा रहेको मेडिकल कलेजको अनुगमन गर्दै कलेज सञ्चालनका लागि मापदण्ड पूरा नभएको र अवैध रुपमा सञ्चालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदलाई बुझाएको थियो । अनुगमनका क्रममा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads