Loading...
‘एक्सप्रेस कमेडी टुर’ लिएर ‘छक्का पन्जा २’ युनिटको मोफसल दौड

काठमाडौं – मोफसल प्रचार राम्रो भयो भने ब्यवसाय पनि सफल हुने पछिल्लो समय रिलिज भएका केही चलचित्रले देखाएका छन् । सायद त्यसैले पनि होला पछिल्लो समय रिलिज भएका र हुन लागेको जुनै चलचित्र पनि प्रचारप्रसारका लागि टोलीसहित आकर्षक कार्यक्रम बनाएर मोफसलको दौडमा निस्किने गर्दछ ।

यस्तैमा ११ असोजबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘छक्का पञ्जा २’ युनिट पनि मोफसलको दौडमा निस्किएको छ । बिजया दशमीको फुलपातीबाट एकल प्रदर्शनमा आउन लागेको यो चलचित्र जम्बो टोलीसहित मोफसल प्रचारमा निस्किएको हो । 

टोलीले बिहिबारबाट आफ्नो मोफसल प्रचार सुरु गरेको छ । ‘एक्सप्रेस कमेडी टुर’ नाम दिएको प्रचारमा दमकबाट सुरु भएको छ । यो प्रचार ३० गते इटहरी, ३१ गते हैटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा हुने चलचित्रका निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । 

टुरमा चलचित्रकी निर्देशक निरौलाको साथमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायत सहभागी छन् । चलचित्रकी एक अभिनेत्री बर्षा राउत भने अहिले आफ्नो बाबुको चुनावप्रचारमा छिन् । प्रचारको मौन अवधिपछि उनी चलचित्रमा सहभागी हुने बताइएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads