Loading...
चिकित्सक संघको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

Click to Load Image
काठमाडौं– सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवासहित शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको वार्तामा सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वार्तामा प्रधानमन्त्री देउवाले संघले उठाएको माग सम्बोधन गर्दै चिकित्सकलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएपछि संघले तत्काललाई आन्दोलन स्थगित गरेको हो । 

चिकित्सकहरुमाथि हातपात भइरहेको र सुरक्षाको महसुस नभइरहेकाबेला सरकारले स्वास्थ्य सेवा विधेयकमा उल्लेख गर्न लागेको प्रावधानले झनै त्यसप्रकारका घटनालाई बल पुर्याएको भन्दै चिकित्सकहरु आन्दोलित भएका थिए । 

वार्तामा प्रधानमन्त्री देउवाले चिकित्सको पुर्ण सुरक्षाका लागि आफुले जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएको र मन्त्रीपरिषद्को निर्णय पनि सच्चिएर आएकाले आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए । 

मन्त्रिपरिषदको असोज २ गतेको बैठकले चिकित्सकको चरम लापरवाहीका कारण विरामीको मृत्यु वा अंगभंग भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित चिकित्सकले नै भराउने व्यवस्था सहितको स्वास्थ्य सेवा विधेयक बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन दिएको थियो । 

मन्त्रिपरिषद्ले गरेको निर्णयको विरोधमा चिकित्सकहरुले असोज २ गतेदेखि देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द गरी आन्दोलन गर्दै आएका थिए । 
 
Click to Load Image

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads