Loading...
राष्ट्रिय प्रजातान्त्रिक पार्टी म्याग्दीको अध्यक्षमा रुप नारायण श्रेष्ठ चयन

राष्ट्रिय प्रजातान्त्रिक पार्टी म्याग्दीको अध्यक्षमा रुप नारायण श्रेष्ठ चयन भएका छन् । हालै कमल थापा नेतृत्वको राप्रपाबाट पशुपति राणाको नेतृत्वमा फुटेको राप्रपा प्रजातान्त्रिको भेलाले तोप बहादुर केसी, राम बहादुर थापा, धबेन्द्र गौचन, दिलिप बरुवाल, भक्तिलाल छन्त्याल, ओम बहादुर विक, बिरेन्द्र बहादुर रावल,पूर्ण बहादुर कार्की, बाल कुमार छन्त्याल, नन्दकली शर्मा, तसमान छन्त्याल, योगेन्द्रमान शेरचन र बल बहादुर सुनुवार सदस्य रहेको १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितिको सदस्यमा राप्रपाले दावी गरेको प्रभाव क्षेत्र गुर्जा लगाएतका क्षेत्रका कार्यकर्तालाई समेटिएको छ । राप्रपा प्रजातान्त्रिकका प्रदेश नम्बर ४ का संयोजक एवम् केन्द्रिय सदस्य जगत गौचनको उपस्थितिमा आगामी निर्वाचन केन्द्रित अभियानलाई प्राथमिकतामा राखेर जिल्लाभर संगठन विस्तारको अभियानलाई तिब्रता दिने घोषणा समेत गरिएको छ।
जिल्लामा रहेका राप्रपाका कार्यकर्ताहरु सबै हलो मतचिन्हका पक्षधर रहेको बताउँदै अर्को निर्वाचनमा राप्रपा पत्तासाप हुने दावी समेत गरे । राप्रपाका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डालाई छोडेको आरोप समेत लगाए । राप्रपाबाट स्थानीय तहको निर्वाचनमा सहभागि तथा निर्वाचित भएकाले समेत प्रजातान्त्रिकमा आउने चाहना गरेको अवस्थामा प्रवेश गरेलगत्तै कारवाही हुने वा नहुने भन्ने बारेमा पार्टीमा जानकारी लिए लगत्तै जिल्लामा कार्यक्रम गरेर प्रवेश गराउने समेत उनले बताए ।
जिल्लामा चौथो ठुलो शक्तीको रुपमा देखिएको राप्रपाको ठुलो हिस्सा प्रजातान्त्रिकमा रहेको दावी समेत गौचनले गरेका छन् । पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको भेलामा बेनी नगरपालिका सहित जिल्लाका सबै गाउँपालिकामा संगठन विस्तारका लागि योजना बनाएर जिम्मेबारी समेत बाँड्ने तयारी गरिएको समेत जनाएको छ ।
बेनिअनलाईन बाट साभर 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads