Loading...
कता हरायो दलहरुले दाबी गरेका चुनावी परिणाम

Click to Load Image
काठमाडौं– सोमबार दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह  निर्वाचनको  मतगणना जारी रहेको छ ।
 
दुई नम्बर प्रदेशका आठवटै जिल्लामा जारी मतगणनाको प्रारम्भिक मतपरिणाम हेर्दा दलहरुले दाबी गरेको भन्दा फरक परिणाम आउने लक्षण देखिएको छ ।
अग्रताको अवस्था हेर्ने हो भने काँग्रेस पार्टीले १३ स्थानमा अग्रता लिई पहिलो अवस्थामा देखिएको छ भने राजपा नेपाल आठ स्थानमा अग्रता लिइ दोस्रो स्थानमा देखिएको छ । 
 माओवादी केन्द्र र एमाले सात स्थानमा आग्रता लिई तेस्रो स्थानमा रहँदा त्यसपछि संघीय समाजवादी फोरम नेपाल र अन्य दलहरु रहेका छन् ।
वडामा अहिलेसम्म माओवादी केन्द्रले तीनवटा जितेको छ  भने त्यसपछि संघीय समाजवादी फोरम अनि राजपा नेपाल र एमाले रहेका छन् ।
दुई नम्बर प्रदेशमा एमालेलाई रोक्ने अभियानमा मधेशवादी दलसँगै काँग्रेस र माओवादी केन्द्र लागेको थिए । मधेशवादी दल तथा काँग्रेस र माओवादी केन्द्रको तारो एमाले बनेको थियो तर त्यसको प्रभाव खासै नपरेको देखिन्छ । एमाले पनि अग्रस्थानमा आइरहेका छन् ।
छवटा मधेशी दल मिलेर बनेको राजपा नेपालले सोचेको जस्तो परिणाम देखिएको छैन ।  उनीहरुले मधेशमा लामो समयसम्म आन्दोलन गरेको तथा मधेशको एजेण्डा बोकेको कारण मधेशी जनताले साथ दिने कुरामा विश्वास लिएर बसेका थिए तर त्यस्तो परिणाम देखिएको छैन ।
जिल्ला जिल्लाबाट आएको परिणामको विश्लेषण गर्दा राजपा नेपालाई पनि संगठनको मतबाहेकको मत आएको छैन । त्यस्तै एमालेको पनि देखिएको छ । मधेशमा एमालेको संगठनको मत कतै नगएको देखिन्छ । 
काँग्रेसले मधेशमा अग्रता लिनु स्वभाविक पनि हो । काँग्रेसको मतको बैंक भनेका नै मधेश हो । जब जब मधेशले काँग्रेसलाई साथ दिएको छ पहिलो पार्टी बनेको छ, जब साथ दिएको छैन अनि तल झरेको छ । त्यसको उदाहरण पहिलो सविधानसभा र दोस्रो सविधानसभा चुनावको परिणामलाई हेर्न सकिन्छ ।
अरु दलको तुलनामा माओवादी केन्द्र मधेशमा बलियो भएको देखिन्छ । जसरी माओवादीलाई मतहरु आइरहेका छन्, जुन रुपमा अग्रता लिएको देखिन्छ त्यो पछिल्लो समय मधेशले माओवादी प्रति देखाएको रुझान नै हो ।
राजपा नेपाललगायत अन्य मधेशवादी दलका राम्रो हैसियत भएका नेताहरु माओवादी पार्टीमा प्रवेश गरेको कारण मधेशमा सो पार्टीका अवस्था राम्रो भइरहेको विश्लेषण भइरहेको बताइएको छ ।    
पहिलो र दोस्रो चरणको चुनावमा भाग लिएर मधेशमा आलोचित भएका संघीय समाजवादी फोरम नेपालको सोचेको भन्दा धेरै फरक परिणाम आइरहेको छ । हुन त दुईटा वडा फोरम नेपालले पनि जितेको छ । तर आग्रतामा धेरै पछाडि देखिएको छ । फोरम नेपालले पनि मधेशमा पहिलो पार्टी हुने दावी गरेको  थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads