Loading...
आमा अर्कैसँग बिहे गरेर गएपछि बुवाले पनि साथ छोडे : तीन बालबालिकाको भयो विचल्ली


अर्घाखाँची, भदौ १९ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ बांगलाको जर्रे खोलामा बुबाआमाले छोडेर हिँडेपछि तीन बालबालिका अलपत्र परेका छन् । डिभर्ना र ठुलापोखराको बिचमा पर्ने जरेखोलामा गिट्टी बालुवा तथा अन्य कामगरी जीविका चलाउँदै आएका बुवाआमाले छोडेर गएपछि तीन बालबालिकाको विचल्ली भएको उज्यालोमा समाचार छ ।

उनीहरुको स्थायी घर मालारानी गाउँपालिका हंशपुर हो । दुई वर्षकी छोरी, चार र ६ वर्षका छोरा छोडेर आमा अर्कै बिहे गरेर गएपछि बालबालिका समस्यामा परेका हुन् । आमाले छोडेर गएको दुई महिनासम्म बुवाले रेखदेख गर्दै आएकोमा अहिले बुवाले पनि उनीहरुलाई छोडेर गएका हुन् ।

बालबालिका अलपत्र रहेको थाहापाएपछि सन्धिखर्क–१२ का वडाध्यक्ष नारायण खड्काले उनीहरुलाई आफ्नो घर ल्याएका छन । अहिले वडाध्यक्ष खड्का र पत्रकार सहयोगी विसीले बालबालिकाको हेरविचार गरिरहेका छन । बालबालिकाको अभिभावकको खोजी भइरहेको वडाध्यक्ष खड्काले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads