Loading...
युवा खेलाडीको अवार्ड जुडोकी मनिता श्रेष्ठ प्रधानलाई

जुडोकी मनिता श्रेष्ठ प्रधान उत्कृष्ट युवा वर्ष खेलाडीबाट सम्मानित भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा अहिले आयोजना गरिरहेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा उनी वर्षको उत्कृष्ट युवा खेलाडीबाट सम्मानित भएकी हुन्।
उनले क्रिकेटका दिपेन्द्र ऐरी, फुटबलका अनन्त तामाङ, भरोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै पार्दै उक्त अवार्ड हात पारिन्। अवार्डसँगै उनले पचासहजार नगद हात पारिन्।
अवार्ड ग्रहण गरेपछि खुशी व्यक्त गर्दै अवार्डले थप हौसला थपेको बताइन्।
यस्ताे थियाे उनकाे प्रदर्शन
–कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक । ३ खेल जितेर कांस्यसम्म पुगेकी
–सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्ण
–अम्बिका मेमोरियलकी सर्बोत्कृष्ट खेलाडी
–एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads