Loading...
दिक्षfले जितिन बक्तृत्वकला रनिङशिल्ड


नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले शुक्रबार बेनीमा दोश्रो मणिलाल–तुलप्रसाद स्मृति माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरेको छ ।
बेनी बजारको मगर संघ म्याग्दीको सभाहलमा आयोजित बक्तृत्वकला प्रतियोगितामा जिल्ला का १० माविका १८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयकी दिक्षा जि.सी.ले पहिलो स्थान हासिल गरेकी छिन् । त्यस्तै लिटिल गार्डेन एकेडेमीका सुदिप्ता पौडेल दोश्रो र अमिसा परियार तेश्रो भएका छन् । जामुनाखर्क माध्यमिक विद्यालयका छात्रले सान्त्वना स्थान हासिल गरेका थिए ।
अनेरास्ववियु म्याग्दीले प्रत्येक वर्ष आयोजना गर्ने मणिलाल–तुलप्रसाद स्मृति मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता गत वर्ष बाट सुरु गरिएको हो । म्याग्दी जिल्लाका दुइ जना अग्रज नेताहरुको स्मृतिमा आयोजना गरिएको बक्तृत्वकलाले विद्यार्थीहरुको भाषण कलामा निखार आउने विश्वास लिइएको अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास वि.क.ले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले माओवादीद्वारा हत्या गरिएका दोवाका तुलप्रसाद पुर्जा र तातोपानीका मणिलाल शर्मालाइ कसैले कहिल्यै विर्सन नहुने बताएका थिए । म्याग्दी जिल्ला कमिटी सदस्य तथा दोवा गाविस पूर्व अध्यक्ष तुलप्रसाद पुर्जालाइ ०५९ भदौ २७ गते माओवादीले मुखमा रुमाल कोचेर हत्या गरेको थियो । त्यस्तै महेन्द्र रत्न माध्यमिव  विद्यालय बरंजाका प्रधानाध्यापक नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तथा नेकपा एमालेका सचिवालय सदस्य मणिलाल शर्मालाई २०५९ कार्तिक १ गते तातोपानीमा घाँटी रेटि निर्ममता पूर्वक हत्या गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
म्याग्दी जिल्लाको कम्युनिष्ट आन्दोलनका योद्धाद्वय तुलप्रसाद र मणिलालप्रति सच्चा श्रद्धाञ्जली दिनका लागि आगामी निर्वाचनमा नेकपा एमालेलाई म्याग्दी जिल्लाबाट प्रदेश तथा केन्द्र गरी तीन वटै उम्मेदवारलाइ बिजयी गराउन पर्ने श्रेष्ठले बताए । म्याग्दी जिल्लामा पहिलो चरण अन्तरगत मंसीर १० गते हुने निर्वाचनमा विद्यार्थीहरुले अहम भुमिका खेल्नु पर्ने बताउँदै श्रेष्ठले तुलप्रसाद तथा मणिलालले म्याग्दीमा कम्युनिष्ट आन्दोलन हाँक्नकालागि गरेको योगदान र कम्युनिष्टकै जितका लागि रगत बगाएको स्मरण गर्दै कुनै पनि मान्यतामा एमालेलाइ जिताउन पर्ने बताए ।
२०४७ सालमा प्रजातन्त्र बहाली पछिको निर्वाचनमा पनि म्याग्दी एमालेले नै जितेको र २०७० को दोश्रो चरणको संविधानसभाको निर्वाचनमा पनि एमालेले नै बाजी मारेको जिल्ला म्याग्दीमा आगामी दिनमा कुनै पनि हालतमा एमाले पछि पर्न नहुने भएकाले विद्यार्थीहरुले एमालेलाई जिताउनका लागि गाउँगाउँमा खट्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जयराम सुवेदी, अनेरास्ववियु म्याग्दीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक इश्वर सुवेदी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा, निर्णायक संयोजक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व उपाध्यक्ष डेकबहादुर बानियाँलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास वि.क.को अध्यक्षता र सचिव सावित्रि खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads