Loading...
दोस्रोका लागि चार दलबीच टक्कर, चम्कियो कांग्रेस

प्रदेश २ को स्थानीय तह निर्वाचनको सुरुवाती मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दोस्रो दलमा सीमित बनेको कांग्रेस प्रदेश २ मा भने पहिलो शक्ति बन्ने होडमा उभिएको छ ।Madhesh-Vote-Count

दुई चरणको निर्वाचनमा पहिलो ठूलो शक्ति बनेको नेकपा एमाले भने दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धामा छ । बुधबार रातिसम्म एमाले तेस्रो स्थानमा छ । एमालेलाई संघीय समाजवादी फोरमले उछिनेको छ भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) थोरै संख्याले मात्र अग्रतामा एमालेभन्दा पछि छन् ।

बुधबार राति साढे १० बजेसम्म ४१ स्थानमा अग्रता लिँदै कांग्रेस पहिलो स्थानमा छ । २८ स्थानमा अग्रता लिएर संघीय फोरम दोस्रो स्थानमा उक्लिएको छ । यसअघि सुरुवाती अग्रतामा एमाले दोस्रो स्थानमा रहेको थियो ।

पछिल्लोपटक भने संघीय फोरमले उछिनेको हो । एमालेले २५ स्थानमा अग्रता कायम गरेको छ । २१ स्थानमा अग्रता कायम राख्दै माओवादी केन्द्र दोस्रोका लागि प्रतिस्पर्धामा छ । विभिन्न ६ दल एकताबाट बनेको राजपा समेत १९ स्थानमा अग्रता कायम राख्दै दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छ, राजधानी दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads