Loading...
दुलहीले लगाइन् यस्तो सारी, सम्हाल्नै चाहियो २५० मानिस

आफ्नो बिहेलाई सधैं सम्झनलायक बनाउनका लागि मानिसहरूले अनेक काम गरिरहेका हुन्छन् ।

श्रीलंकाको क्यान्डीमा एकजना दुलहीको सारी सम्हाल्नका लागि एउटा सरकारी विद्यालयका २५० जना छात्राहरूलाई खटाइएको घटना अहिले खुबै चर्चामा छ । ती छात्राहरूले ३.२ किलोमिटर लामो सारी सम्हालेका थिए । यति लामो सारी लगाउर ती दुलही दुलाहाका साथ पैदल हिँडिरहेकी थिइन् ।
क्यान्डीको सेन्ट्रल डिस्ट्रिक्टस्थित मुख्य सडकमा यो तमाशा भएको थियो । सयभन्दा बढी छात्राहरूलाई फूल बोकेर हिँड्ने फ्लावर गर्ल बनाइएको थियो ।
सञ्चारमाध्यमका अनुसार, यो बिहेमा केन्द्रीय प्रान्तका मुख्यमन्त्री सरत एक्कायका प्रमुख अतिथिका रूपमा पुगेका थिए । यिनै मुख्यमन्त्रीको नाम भएको विद्यालयका छात्राहरूलाई सारी सम्हाल्ने काम लगाइएको हो ।

श्रीलंकामा कुनै पनि बेहुलीले लगाएको सबभन्दा लामो सारी यही भएको बताइएको छ ।
राष्ट्रिय बाल संरक्षण प्राधिकरणले यस घटनाको जाँच गरिरहेको बताएको छ । प्राधिकरण अध्यक्षले बालबालिकालाई यसरी चर्को घाममा घन्टौंसम्म काम लगाउनु अपराध भएको र यसका लागि कम्तीमा १० वर्षको सजाय हुने बताएका छन् ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads