Loading...
चुनाव प्रचारका लागि एमाले अध्यक्ष ओली मधेस झर्ने

काठमाडौं, २० भदौ । २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि एमालेका अध्यक्ष केपी ओली तराई झर्ने भएका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष ओली निर्वाचन प्रचार प्रसारका लागि तराई जाने तयारीमा रहेको बताए ।
‘एमाले अध्यक्ष आफ्ना उम्मेदवारहरूको पक्षमा मत माग्न तराई मधेस जाने तयारीमा हुनुहुन्छ’, नेम्वाङले भने, ‘एमाले र एमालेका नेताहरूलाई तराई मधेस जानबाट कसैले रोक्न सक्दैनन् । अहिले पनि एमालेका नेताहरू तराईमा गएर आफ्ना उम्मेदवारहरूका पक्षमा भोट मागी रहनु भएको छ ।’
एमालेका नेताहरूलाई तराईमा प्रचार प्रसारका लागि जानबाट राजपा नेपालका नेता तथा कार्यकर्ताले अबरोध पुगाइ रहेका बेला एमालेका नेता नेम्वाङले अध्यक्ष ओली तराई जान लागेको बताएका हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads