Loading...
फेसनले झकिझकाउ

पोखरा – होटल बाराही शुक्रबार राति फेसनले झकिझकाउ देखिए । एकपछि अर्को सिक्वेन्समा मोडलहरु र्याम्प प्रस्तसत हुँदा दर्शक निकै रोमान्चित देखिन्थे । 
अधिकांश व्यावसायिक मोडल सहभागी उक्त फेसन शोमा विभिन्न ६ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।
आरएनआर ग्रुपले पोखरामै पहिलो पटक यस्तो फेसन शोको चाँजोपाँचो मिलाएको थियो । राति करिब डेढ घण्टा चलेको ‘जीवनशैली’ नामक फेसन शोमा पोखरास्थित आई एम द बुटिककी अर्चना अर्यालद्धारा डिजाइन गरिएको लेहेंगा र साडी ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौं स्थित फेसन जोले वान पिस र गाउन गर दुई÷दुई सिक्वेस मोडल उतारिए । 
सोमा काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडेल सहभागी थिए । अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएकोमा १५ जना र पोखरामा भएको अडिसनमा १५ जनाबाट ४ जना छानिएका निर्णायक मध्येका एक पत्रकार डब्बु क्षेत्रीले जानकारी दिए ।
– आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्न विभिन्न मोडलिङबारे इभेन्ट गर्दै आएको बताइन् । 




0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads