Loading...
नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतबाट मृगाैला पीडितलाई आर्थिक सहयोग

भदौ २०, २०७४ | इरुप्से डटकम
कुवेत, सेप्टेम्बर ५ - नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले नेपालकी मृगाैला पीडितलार्इ नेपाली रूपैया ३४ हजार भन्दा बढिको अार्थिक सहयोग गरेको छ । भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरार्इ रहेकी  दुबै मृगाैला फेल भएकी  दमक - १ झापा निवासी ३५ वर्षीया तारा देबी बिश्वकर्मालार्इ समाजले सो अार्थिक सहयोग गरेको हो ।

दुवै मृगाैला पीडित बि. क. को लामो समयदेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । पीडित तारा देवी लाई उपचारका लागि नमुना बिस्वकर्मा समाज नेपाल - कुवेतले ६५ कुवेती दिनार र नमुना बिस्वकर्मा समाज नेपाल - कुवेतकी उपाध्यक्ष विस्नु माया बिस्वकर्माको विशेष पहलमा संकलित रकम ३६.५०० कुवेती दिनार गरि जम्मा १०१.५० कुवेती दिनार , नेपाली रु ३४, ३४२.५०, (अक्षरुपि छत्तीस हजार तीन सय बयालीस रुपैयाँ पचास पैसा) आर्थिक सहयोग गरेको नमुना बिस्वकर्मा समाज नेपाल - कुवेतकी उपाध्यक्ष विष्णु माया बिस्वकर्माले इरुप्से डट कम लाई जानकारी गराएकी छिन ।

लामो समय देखि उपचाररत तारा देवी को घरको आर्थिक अवस्था कमजोर भएको ले उपचार गराउन कठिन भएको छ । मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएकोले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई सक्दो सहयोग गरि उनको जीवन रक्षा गरिदिनु हुन उपाध्यक्ष विष्णु माया बिस्वकर्माले अनुरोध गरेकि छिन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads