Loading...
दशैंमा ४ सय ५६ कैदीको सजायँ माफी

Click to Load Image
काठमाडौं– नेपालीहरुको महान चाड बडादशैंको टीकाको अघिल्लो दिन विभिन्न कारागारमा सजाय भुक्तान गरिरहेका ४ सय ५६ कैदी बन्दीको सजायँ माफी दिइएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दशैं टीकाको एक दिनअघि शुक्रबार सजायँ माफी दिएकी हुन् । 
बडा दशैं, २०७४ को उपलक्ष्यमा कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२) (क), कारागार व्यवस्थापन कार्यविधि, २०७३  तथा  सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका ती कैदीहरुको बाँकी कैदको सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । 
नेपालको संविधानको धारा २७६ बमोजिम ती कैदीहरुलाई बाँकी सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads