Loading...
बन्यो इतिहासकै ठूलो मन्त्रिमण्डल

प्रधानमन्त्री शेरबहादुर देउवा।
प्रधानमन्त्री शेरबहादुर देउवा।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पुरानो रेकर्ड तोड्दै ५४ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। सोमबार राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्रीलाई समेटेर पाँचौ पटक सरकार विस्तार गरेपछि देउवा नेतृत्वको मन्त्रिमण्डल ५४ सदस्यीय बनेको छ।
प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकका संसदीय दलका नेता दिपक बोहोरालाई विज्ञान तथा प्रविधि, उपनेता विक्रम पाण्डेलाई वन र सुनिलबहादुर थापालाई उद्योग मन्त्रालायको जिम्मेवारी दिएका छन् भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाएका छन्। राप्रपा प्रजातान्त्रिकका चार जना सरकारमा थपिएपछि ५० सदस्यीय रहेको मन्त्रिमण्डल ५४ सदस्यीय बनेको हो।
यसअघि २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा देउवाले ५२ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएका थिए, जुन त्यतिबेलाको सबैभन्दा ठूलो मन्त्रिमण्डल थियो। लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको सरकारमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले ४९ र एमाले नेता माधव नेपालले ४८ सदस्यीय मन्त्रिमण्डल बनाएपनि देउवाको २०५२ सालको रेकर्ड तोड्न सकेनन्।
प्रधानमन्त्री बनेका भट्टराईले ४९ सदस्यीय मन्त्रिमण्डल बनाउँदा त्यतिबेला भन्ने गरिन्थ्यो, देउवाले २०५२ सालमा बनाएकै जस्तो मन्त्रिमण्डल बन्यो। देशलाई आर्थिक भार थपियो। तर, गणतन्त्र स्थापनापछि बाबुरामले बनाएको रेडर्कलाई देउवाले तोडेनन् मात्रै चौथो पटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ सालको आफ्नै रेकर्ड पनि तोडे। त्यतिबेला देउवा नेतृत्वको मन्त्रिपरिषदमा २७ मन्त्री, १६ राज्यमन्त्री र ८ सहायक मन्त्री थिए।
२२ वर्ष पुरानो आफ्नो रेकर्ड तोडेका प्रधानमन्त्री देउवाले पाँचौ पटक सरकार विस्तार गरेसँगै २९ मन्त्री र २४ राज्यमन्त्री गरी ५४ सदस्यीय बनाए। प्रधानमन्त्री देउवाले शान्ति तथा पुनर्निर्माण मन्त्रालय आफैसँग राखेका छन्।
देउवाको मन्त्रिमण्डल विस्तारको सिलसिला
पहिलो
प्रधानमन्त्री देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि गत जेठ २४ मा शपथ लिँदा कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमलाई समेटेर पहिलो पटक ७ जनालाई मन्त्री बनाएका थिए।
दोस्रो
प्रधानमन्त्री देउवाले दोस्रो पटक गत साउन ११ मा मन्त्रिपरिषद विस्तार गरे। त्यतिबेला कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमका तर्फबाट १९ मन्त्री थपिएका थिए।
तेस्रो
देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष भदौ ४ गते फेरि चौथो पटक सरकार विस्तार गरे। त्यतिबेला माओवादी केन्द्रका तर्फबाट ८ जनालाई देउवाले राज्यमन्त्री बनाए।
चौथो
प्रधानमन्त्री देउवाले भदौं ६ गते कांग्रेसका १२ र लोकतान्त्रिक फोरमका ३ गरी १५ राज्यमन्त्री थपेका थिए।
पाँचौ
प्रधानमन्त्री देउवाले सोमबार आफ्नो २२ वर्ष पुरानो रेकर्ड तोड्ने क्रममा राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री थपेका छन्। योसँगै देउवा नेतृत्वको सरकार ५४ सदस्यीय बनेको छ, जुन नेपालको इतिहासमा सबैभन्दा जम्बो हो।
यस्ता छन् देउवा प्रधानमन्त्री बन्दाका मन्त्रिपरिषद्
पहिलो
२०५२ सालमा शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री बने। त्यतिबेला प्रधानमन्त्री देउवाले ५२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उक्त सरकारमा २७ मन्त्री, १६ राज्य मन्त्री र ८ सहायक मन्त्री थिए।
दोस्रो
राजा ज्ञानेन्द्रको पालामा देउवा २०५८ साल साउन ११ गते दोस्रो पटक प्रधानमन्त्री बने। दोस्रो पटक प्रधानमन्त्री बनेका देउवाले त्यतिबेला १७ मन्त्री, १६ राज्य मन्त्री र ७ सहायक मन्त्री गरी ४१ सदस्यीय बनाएका थिए।
तेस्रो 
नेपाली कांग्रेसबाट अलग्गिएर नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति बनेका देउवा २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री भए। त्यतिबेला देउवाले १८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए।
चौथो 
गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्री बनेका देउवाले २२ वर्ष पुरानो आफ्नै रेकर्ड तोड्न सफल भएका छन्। सोमबार पाँचौ पटक सरकार विस्तार गरेका प्रधानमन्त्री देउवाको मन्त्रिमण्डलमा इतिहासकै जम्बो बन्न पुगेको छ। देउवा नेतृत्वको वर्तमान सरकारमा २९ मन्त्री र २४ राज्य मन्त्री गरी ५४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
२४ राज्यमन्त्रीका लागि मासिक १३ करोड आर्थिक भार
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सोमबार एक जना राज्यमन्त्री थपिएपछि राज्यमन्त्रीको संख्या २४ पुगेको छ। एक जना राज्यमन्त्रीका लागि सरकारले राज्यमन्त्रीको सचिवालयका लागि एक उपसचिव, एक शाखा अधिकृत, नायव सुब्बा, दुई चालक र दुई जना कार्यालय सहयोगीका लागि तलब सुविधा उपलब्ध गराउँदै आएको छ।
अर्थ मन्त्रालयको प्रशासनिक विभागका एक कर्मचारीका अनुसार एक जना राज्यमन्त्रीको स्वकिय सचिवालयका लागि मात्रै कम्तिमा मासिक ३ लाख रुपैयाँभन्दा बढी खर्च हुने गर्छ। राज्यमन्त्रीले आफ्नो मन्त्रालयबाट एउटामात्रै गाडी प्रयोग गर्न पाउँछन्। तर, उनीहरुले गृह मन्त्रालयबाट एउटा र स्वकीय सचिवका लागि एउटा गरी कम्तीमा तीनवटा गाडी लिने गरेका छन्।
यसरी तीन वटा गाडी प्रयोग गर्दा चालक, इन्धन तथा मर्मत खर्चका लागि मात्रै मासिक डेढ लाखभन्दा बढी खर्च हुन्छ। यस्तै, राज्यमन्त्रीहरुले घरको पानी, टेलिफोन र बिद्युतको खर्च पनि बिलबमोजिम लिने गर्छन्। यसमा पनि कम्तिमा मासिक २५ हजार रुपैयाँ बढी खर्च हुन्छ। २४ मन्त्रीका लागि मात्रै राज्यको मासिक झण्डै १३ करोड रुपैयाँ प्रशासनिक काममा खर्च हुन्छ।
कति हुन्छ राज्यमन्त्रीको मासिक तलबभत्ता?
राज्यमन्त्रीले मासिक ६० हजार रुपैयाँ तलब पाउँछन्। त्यस अलाबा सरकारले राज्यमन्त्रीलाई घरभाडावापत ४० हजार रुपैयाँ दिन्छ, जुन मन्त्रीको भन्दा १० हजारले कम हो।
ललितपुरको पुलचोकमा रहेको मन्त्री क्वाटरमा १९ मन्त्रीलाई मात्रै मात्रै ठाउँ छ। देउवा सरकारका केही मन्त्रीले सरकारी आवास पाएका छैनन् भने राज्यमन्त्रीका लागि सरकारी क्वाटरभित्र ठाउँ हुने कुरै भएन। त्यसैले सरकारले नअटाउने मन्त्री र राज्यमन्त्रीलाई सहरी विकास मन्त्रालयले घर भाडामा खोजेर आवासको व्यवस्था गर्ने गरेको छ।
सरकारले मन्त्रीका लागि भाडाको घरमा फर्निसिङका लागि सबैलाई एकमुष्ट २ लाख रुपैयाँ दिने गरेको छ। भाडाको घरमा सुरक्षा पोस्ट र गार्ड घर बनाउनु पर्ने भएकाले यसका लागि सहरी विकास मन्त्रालयले छुट्टै खर्च गर्ने गरेको छ

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads