Loading...
प्रधानमन्त्री देउवा भारत समक्ष लम्पसार : नेपाल

चितवन, १६ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसको चरित्र र गतिविधिले प्रजा परिषद् जस्तो अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ ।
चितवनमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गरेको आरोप लगाउनुभयो । ‘जनविरोधी काम गर्दै गएकाले अब कांग्रेसको भविष्य प्रजा परिषदको जस्तै हुन्छ’, उहाँले भन्नुभयो ।
नेता नेपालले कांग्रेस ‘आउट डेटेड’ औषधि जस्तो भएको टिप्पणी गर्नुभयो । ‘कांग्रेसले देशका लागि दिनसक्ने केही छैन’, उहाँले भन्नुभयो, ‘देशले कांग्रेसबाट लिन सक्ने पनि केही छैन् । जनताले उसलाई अस्वीकार गर्दै गएका छन् ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रसंग कोट्याउँदै एमाले नेता नेपालले देउवाले भारत समक्ष लम्पसारवादको नमूना पेस गरेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो’, नेता नेपालले भन्नुभयो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads