Loading...
के तपाई पनि यस्ता गल्ती गर्नुहुन्छ ?


आफ्नो करियरमा जो व्यक्ति पनि प्रगति गर्न चाहन्छ । सफलता चुम्नका लागि मानिसहरु कडा परिश्रम र मेहनत पनि गर्छन् । कोही भने भाग्यमा विश्वास गर्छन् । त्यसमध्ये पनि कोही वास्तुशास्त्रमा ख्याल गरे सफलता प्राप्त हुने विश्वास गर्छन् । 

तर वास्तुशास्त्रका नियम अनुसार हामीले थुप्रै गल्ती गरेका हुन्छौं, जसका कारण सजिलै सफलता प्राप्त गर्न मुस्किल हुन्छ । वास्तुशास्त्रलाई एक विज्ञानका रुपमा परिभाषा गरिएकाले पनि यसमा केही वास्तविक तथ्य रहेको कुरा हामी नकार्न सक्दैनौं । 

यहाँ हामीले वास्तुशास्त्रका केही सामान्य नियम पालन गर्दा कसरी सफलता प्राप्त गर्न सकिन्छ भनेर चर्चा गरेका छौं, 

– यो कुरामा सधैं ध्यान दिनु जरुरी हुन्छ कि कतै तपाईंले आफ्नो करियरसँग जोडिएको कुनै चीज अरुलाई त दिनुभएको छैन ? वास्तुशास्त्रको नियमअनुसार जुन चीजबाट तपाईले आफ्नो करियरको शुरुवात गर्नुभएको थियो त्यसलाई सधैं आफ्नो साथमा राख्नुपर्ने हुन्छ । उक्त चीजले तपाईलाई सधैं सफलता प्राप्तीका लागि प्रेरित गर्छ । 

– आफ्नो पेशा तथा कामसँग जोडिएको चीज र सामान पनि अरुलाई बाँड्ने गर्नु हुँदैन । जस्तै तपाईको कम्प्युटर, कापी, कलम, जो तपाईं दैनिक प्रयोग गर्नुहुन्छ । यस्ता चीज काम नलाग्ने भएपनि आफूसँगै राख्नुहोस् । अरुलाई दिने नगर्नुहोस् । आफूले प्रयोग गर्ने सामान अरुलाई दिँदा उर्जा क्षय हुन्छ । 

– जहिले पनि तपाईं जब कुनै नयाँ कामको लागि इन्टरभ्यू दिन जानुहुन्छ भने आफूसँग एक रातो रुमाल राख्नुहोस् । या फेरि यदि हुनसक्छ भने रातो रंगको सर्ट तथा टिसर्ट लगाएर जानुहोस् । यसले तपाईलाई सफलता मिल्ने छ । यस्तै घरमा सधैं श्रीफल राख्ने गर्नुहोस् । यसले तपाईंको घरमा कहिल्यै नकरात्मक शक्तिको बास हुने छैन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads