Loading...
उत्तर कोरियाले जापानको आकाशमा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको आकाशमा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यसअघि गत अगस्ट २९ तारिखमा पनि उत्तर कोरियाले जापानी भूभाग हुँदै क्षेप्यास्त्र परीक्षण गरेको थियो । 
समाचारमा जनाइएअनुासार उत्तर कोरियाले प्रहार गरेको पछिल्लो क्षेप्यास्त्र जापानको हकाइदो टापुको आकाशमाथि देखिएको थियो।korea n
राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको सो क्षेप्यास्त्रले ३ हजार ७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले बताएका छन् । 
जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई सर्तक रहन भनिएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको हो । 
दक्षिण कोरियाली र जापानी सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा भइरहेको बताएका छन्।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads