Loading...
मन्त्रिपरिषद बैठक द्वारा आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का निलम्बित

Click to Load Image

काठमाडौं–सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई निलम्बन गरेकाे छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई निलम्बन गरेकाे हो । खड्का मुलुकका सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा भ्रष्टचारमा मुछिएका थिए ।  
आजको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने  प्रस्ताव क्याबिनेटमा लगेका थिए । 
संसद्को विभिन्न समितिले  अनियमितताको आरोप लागेका  खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । 

इन्धन भण्डारणको जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का पदमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।
निगमले विद्यमान ऐनकानुन मिचेर भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा करिब चार गुणा महँगो तिरेर अनियमितता गरेको ठहर संसदीय समितिको ठहर छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads