Loading...
पत्रकार हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन हुँदै

Click to Load Image
काठमाडौँ । भारतीय वरिष्ठ पत्रकार तथा सम्पादक गौरी लंकेशलाइ गोली हानी हत्या गरेको विरोधमा नेपालका पत्रकार तथा लेखकहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । 
मंगलबार साँझ लंकेशलाई बैंगलोरस्थित उनकै निवास भित्र गोली हानी विभत्स हत्या गरेको विरोधमा नेपालका पत्रकार तथा लेखकहरु सडकमा ओर्लिन लागेका हुन् । दिउँसो तीन बजे माइतीघर मण्डलामा प्रदर्शन र शोकसभा गर्न लागेको नयाँ पत्रिका दैनिकका पत्रकार वीरेन्द्र ओलीले जानकारी दिए ।
लेखक पत्रकारहरुले माइतीघरमा किन प्रदर्शन गर्नुपरेको भन्ने प्रश्नमा पत्रकार नरेश ज्ञवालीले भने, ‘आज हामी जुन समाजमा बाँच्दैछौं त्यो समाजको स्वतन्त्रता, मानवतालाई हिन्दु अतिवादी फासिस्टहरुले ग्याँस च्याम्बरमा कैद गर्न न्वारनदेखि बल लगाइरहँदा हामी मानवतावादीहरु त्यसको विपक्षमा उभिनुपरेको हो ।’
यसअघि, भारतमा कट्टर हिन्दुवादी संगठन आरएसएसको माउपार्टी बिजेपीबाट नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि लेखेकै आधारमा नरेन्द्र दाभोलकर, डा. गोविन्द पानसरे र डा. एम.एम. कलबुर्गीको हत्या भइसकेको छ । जसको विरोधमा भारतका वैज्ञानिक, पत्रकार, लेखक, साहित्यकारहरुले राज्यद्धारा दिइएका सम्मान तथा पदवि फिर्ता समेत गरेका थिए । 
भारतमा गौरी लंकेशको मंगलबार साँझ भएको हत्यालाई यसै सन्दर्भमा गरिएको अर्काे हत्याको रुपमा हेरिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads