Loading...
समुदायमा रहेको विभेदलाई अन्त्य गर्न हातेमालो गरौं : तिलक बि सि



तिलक बि सि 
राष्ट्रिय द - लिड एक्सन युथ फाेर्सका सम्योजक

२१ औं शताब्दीमा पनि दलित समुदाय माथी भएको विभेद,अन्याय,अत्यचार ,हिंसा, अपमान,विरुद्ध समुदायको शिक्षा,स्वास्थ राेजगारी,सीप कला श्रम र सुरक्षा पहिचाहन र अात्म सम्मानकाे लागि गठन भएको राष्ट्रिय द लिड युथ एक्सन फाेर्स नेपालका सम्योजक तिलक बि सि संग इरुप्से ड्ट्कमको लागि पूर्ण विक (पहाडीले ) गरेको कुराकानीको यहाँ प्रस्तुत छ ।

स्वागत छ यहाँलाई इरुप्से ड्ट्कमा ?

धन्यवाद ,हजुरलाईको यस ईरुप्से डटकममा राष्ट्रिय द - लिड एक्सन युथ फाेर्सकाे तर्फबाट संयोजककाे हैसियतले मलाई केही सांगठनिक विचार राख्ने माैका दिनु भएकोमा पुर्ण विक पहाडी ज्यु लाई मुरी मुरि धन्यवाद तथा अाभार प्रकट गर्न चाहन्छु ।

राष्ट्रिय द लिड युथ एक्सन फाेर्स नेपाल गठन गर्नुको मुख्य उद्देश्य के हो ?

सधैं लडियाे अरुको लागि अब लडाै अाफु र अाफ्नाे समुदायको न्याय का "लागि भन्ने मुल नारा सहित हामीले देश भित्र समाजमा रहेको अन्याय, अत्यचार, दमन,शाेषण,हत्या हिंसा ,वलत्कार, भ्रष्टाचार , राजनीतिक हस्तक्षेपको कारण दिनहु शारीरिक मानसिकर याैनिक हिंसा खेप्दै समाजमा अाशु पीडा गरिबी,भाेक,राेग ,शाेकमा वाच्न बाध्य वर्ग समुदाय , लिङ्ग ,क्षेत्र भुगाेलका हरेक नेपालीलाई न्यायकाे लागि एकता र संगठित गर्दै वर्ग संघर्ष गर्न गराउन र हरेक तह र तप्का वाट जल जमिन जंगल, शक्ति सत्ता र स्रोत काे पहुच वाट विभेद र वन्चितिकरणमा परेका वर्ग समुदायको शिक्षा ,स्वास्थ्य ,राेजगारि सीप कला ,श्रम सुरक्षा र अात्म सम्मान सहितको पहिचाहन र मानवअधिकारका लागि राष्ट्रिय द - लिड एक्सन युथ फाेर्स गठन गरिएको हाे ।

राष्ट्रिय द लिड युथ एक्सन फाेर्स नेपालको आगामी कार्यक्रम के के छन् ?

राष्ट्रिय द - लिड यु फाेर्सकाे अागामि कार्यक्रम बुदागत रुपमा राख्न चाहान्छु । ७७ जिल्लामै गाउँ गाउँ टाेल टाेलमा संगठन निर्माण तथा विस्तार गर्ने ,वन्चितिकरण हरुकाे ३ पुस्ते तथ्यांक संकलन ,विभेद विरुद्धको घटनाको अभिलेखिकरण , घटनाको विरुद्ध राज्यलाई न्यामा पहुँच पुर्याउन दवाव , सचेतिकरणतथा सवलिकरण अभियान , राज्यको हरेक निकायमा हुने अनियमितता मा अनुगमन ,छानबिन र सार्वजनिकरण सरकारि तथा गैरसरकारी संघ सस्था हरुलाई पारदर्शिता र यथार्थपरक कार्य गर्न गराउन अभियान,कला गला सीप र श्रमलाई सम्मान र अाफ्नै देशमा राेजगारि
समावेशी पहिचाहन र अात्मसम्मानका लागि अान्दोलन
धार्मिक शैक्षिक ,स्वास्थ ,राेजगारि ब्यापार ब्याबसाय मा हुने अनियमितता र भ्रष्टाचार विरुद्ध अभियान
राेग भाेक गरिबी भुमि हिन विरुद्ध स्वामित्व का लागि अभियान समन्वय सहकार्य गर्ने हाम्रो योजना हुन ।


दलित समुदाय माथी हुने विभेद विरुद्ध राष्ट्रिय द लिड युथ एक्सन फाेर्सले आगामी दिनमा कस्तो किसिमको भुमिका निर्वाह गर्छ ? 

दलित समुदाय तथा वन्चितिकरण मा परेको वर्ग समुदायको लागि सरकार र जनता विच न्यायिक समन्वय कारि सकरात्मक पुलको काम गर्ने छ । हरेक घर घर टाेल टाेल समाजमा न्यायकाे ज्याेति वनेर सबै काे मुटुमा ढुकढुकि वनेर धढ्कनेछ ।

दलित समुदायको लागि काम गर्ने,धेरै संघ संस्था खुलेका छन तर काम भन्दा पनि नामको लागि मात्रै छन् भन्दा फरक नपर्ला यस्तो अवस्थामा राष्ट्रिय द लिड युथ एक्सन फाेर्सले काम गर्न सक्ला ?

अबश्य गर्न सक्छ हामी अाशा वादी छाै । शान्ति , सम्मान अहिंसा पहिचान र सामाजिक न्यायका लागि । देशमा खेर गएको स्रोत, साधन, वाैद्दिक , सृजनशिल, उर्जाशिल शक्ति हरुलाई एकीकृत गर्दै समानता र सामाजिक न्यायकाे खातिर दलित र सिमान्कृत समुदायका नेतृत्व क्षमता र सह अस्तित्व सुरक्षा का लागि पद र सत्तामा लृप्त,का विरुद्ध अशिक्षा गरिवि,भाेक ,राेग , विभेद ,अन्याय विरुद्ध पैरवी, वकालत ,अान्दाेलन गर्ने महा अभियान हाे ।

दलित समुदायलाई NGO, INGO ले प्रयोग गरेको कुरा आइ रहेको छ,राष्ट्रिय द लिड युथ एक्सन फाेर्स पनि कतैबाट संचालित भएको त छैन ? 

हामी आफ्नै समुदाय बाट संचालित छाै । हाम्रो समुदायको याेगदान, वलिदान ,श्रम र लगानी वाट काम गर्दैछौं ।

अन्त्यमा सम्पुर्ण दलित समुदायलाई के भन्न चाहानु हुन्छ ?

प्रत्येक शिक्षित ब्यक्तिको कर्तव्य हो । आफ्नो सामाजमा लृप्त भाेक,गरिबि,अशिक्षा पहुचबाट बन्चितिका लागि केही गराै भन्ने त्यसैले म अनुरोध गर्न चाहान्छु, अाउनुहाेस् हातेमालाे गराै। अाफ्नाे समाजसंग आफ्नो पन र आत्मीयता कायम गरि
बन्चित पिछडिएको वर्ग समुदायको शिक्षा, स्वास्थ , राेजगारि,श्रम,कला सीप, सुरक्षा र सामाजिक न्यायका लागि अा अाफ्नाे ठाउँ बाट सक्दाे प्रयास गराै ।परिवर्तन अाफु बाटै शुरु गर्नु पर्छ । त्यसैले हामी पहिला देश र समुदायको बारेमा काम गरौ। देश रहे हामी रहन्छाै । हामी रहे मात्रै नेपाली भन्न पाउने छौ । हाम्रो र राम्रो संस्कारकाे विकास गराै । युवा नै परिवर्तन का कर्णधार हुन, त्यसैले जागाै,जुटाै युवा याे देशको मुहार संङ्गै समुदायमा रहेको विभेदलाई अन्त्य गर्न हातेमालो गरौं ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads