Loading...
मधेसमा कमजोर देखिएपनि एमाले नै १ नम्बर, माओवादी तेस्रो

तीन चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बनेको छ । एमालेले तीनै चरणमा गरी २९४ तह जितेको छ । एमालेको पछिपछि रहेको संसदको पहिलो पार्टी नेपाली कांग्रेसले भने २६६ तह जितेको छ । एमाले कांग्रेसले भन्दा २८ तह बढी जित्दै पहिलो बनेको हो ।prdesh-nepal-sanghiyta 1
पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो नै बनेको एमालेको तेस्रो चरणको निर्वाचनमा भने मत परिणाम खस्किएको थियो । यद्यपी पहिलो र दोस्रो चरणको जितले तेस्रोलाई कभर गर्दै समग्रमा पहिलो नै स्थानमाम दर्ज भएको हो । २ नम्बर प्रदेशमा एमालेले१८ तह मात्र जितेको छ । जसकी कांग्रेसले ४०, संघीय समाजवादी फोरमले २६ राजपाले २५ र नेकपा माओवादी केन्द्रले २१ तह जितेका छन् । 
पहिलो चरणको निर्वाचनमा एमालेले १२५ तह जितेको थियो भने दोस्रो चरणको निर्वाचनमा १५१ तह जितेको थियो । यस्तै नेपाली कांग्रेसले क्रमशः १०५ र १२२ तह जितेको थियो । यस्तै माओवादी केन्द्रले क्रमशः ४६ र ३८ तह जित्दा राप्रपाले क्रमशः १र ४ तह जितेको थियो । 
यसैगरी पहिलो चरणमा एक तह पनि नजितेको फोरम लोकतान्त्रिकले दोस्रो चरणमा ६ तह जितेको थियो । संघीय समाजवादी फोरमले पहिलो र दोस्रो चरणमा क्रमशः १ र ८ तह जितेको थियो । यस्तै राजपाले पहिलो चरणमा भागै लिएको थिएन भने दोस्रो चरणमा पनि वहिस्कार गरेपनि स्वतन्त्रबाट एक तह जितेको थियो । यस्तै अन्य दलले पहिलो र दोस्रो चरणमा गरी ११ तह जितेका थिए । यी दलमा नयाँ शक्ति, नेमकिपा, जनमोर्चा रहेका छन् । 
समग्रमा तीनै चरणको जोड्दा एमाले २९४ तहमा विजयी हुँदै पहिलो पार्टी बनेको छ । यस्तै कांग्रेस २६६ तह जित्दै दोस्रो पार्टी बनेको छ । यस्तै माओवादी केन्द्र १०६ तह जित्दै तेस्रो बन्दा संघीय समाजवादी फोरम ३० र राजपा, २६, तह जित्दै क्रमशः चौथो र पाँचौ पार्टी बनेका छन् । ९ तह जित्दै लोकतान्त्रिक फोरम छैटौं पार्टी बन्दा राप्रपा ५ तह जित्दै सातौं भएको छ । यस्तै नेककिपा, नयाँ शक्ति जनमोर्चा, जनता दललगायतले १८ तह जितेका छन् । 
पहिलो चरणको निर्वाचन बैशाख ३१ गते, दोस्रो चरणको निर्वाचन असार १४ गते र तेस्रो चरणको निर्वाचन असोज २ गते सम्पन्न भएको हो | सँगै संविधान कार्यान्वयनको एक खुड्किलो पार भएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads