Loading...
आर्टिफिसियल इन्टेलिजेन्सले मानिस समलिंगी हो कि होइन छुट्टयाउन सक्ने

पछिल्लो समय आर्टिफिसियल इन्टेलीजेन्सको विकासमा ठूलाठूला लगानी भइरहेका छन्। एआइका कारण तेस्रो विश्वयुद्धदेखि मानव अस्तित्वमै खतरा उत्पन्न हुने सम्मका चेतावनी पनि दिइएको छ। यसैबीच एक अध्ययनमा एआइले फोटो अध्ययन गरेकै भरमा मानिसहरुको यौनिकता पनि छुट्टयाउन सक्ने पुष्टि गरेको छ।
स्ट्यानफोर्ड विश्वविद्यालयमा गरिएको अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्सले समलिंगी र विपरीतलिंगी मानिस चिन्न सक्ने देखिएको हो। सो कम्प्युटर अल्गोरिदमको अनुमान पुरुषमा ८१ प्रतिशत र महिलामा ७४ प्रतिशत सही हुने गर्दछ।
अनुसन्धानकर्ता मिचेल कोजिन्स्की र यिलुन वाङले एक अमेरिकी डेटिङ वेबसाइट मा रहेका ३६ हजार पुरुषका सवा लाख फोटो र ३८ हजार महिलाका एक लाख ७० हजार फोटोमध्येबाट ३५ हजार फोटो लिइ अनुसन्धान सम्पन्न गरेका हुन्।
अनुसन्धानमा समलिंगी पुरुष र महिलामा आफ्नो लिंगसँग असमान गुण रहने कुरा पत्ता लागेको छ। अर्थात् समलिंगी पुरुष बढी महिलाजस्तो र समलिंगी महिला बढी पुरुषजस्तो गुण राख्दछन्।
यो निष्कर्षमा थुप्रै कमजोरी रहेको बताइएको छ। तथापि यो अनुसन्धानले फेसियल डिटेक्सन टेक्नोलोजीको दुरुपयोग र मानिसको व्यक्तिगत अधिकार हनन हुने सम्बन्धमा थप प्रश्नहरु उठाएको छ।
जर्नल अफ पर्सनालिटी एन्ड सोसल साइकोलोजीमा यो अनुसन्धान प्रकाशित छ। एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads