Loading...
नेकपा एमालेको पक्षमा सप्तरीमा जनलहर

राजविराज, २१ भदौ । मेची महाकाली अभियानमा राष्ट्रिय जनता पार्टीको निशानामा परेको नेकपा एमालेको पक्षमा सप्तरीमा जनलहर देखिएको छ ।
प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आज (बुधबार) भइरहेको उम्मेदवार मनोनयनका क्रममा सप्तरीको राजविराज नगरपालिकामा मनोनयन दर्ता गर्न जाँदा देखिएको जनसहभागिताले एमालेको पक्षमा जनलहर देखाएको हो ।
गत वर्षको फागुन महिनामा आयोजित मेची महाकाली अभियान सप्तरी पुग्दा राजविराजमा राजपाका कार्यकर्तासहित मधेसी जनताले एमालेमाथि आक्रमण गरेका थिए । सो क्रममा हिंसा भड्किँदा ५ जनाको ज्यान गएको थियो ।
‘तर अहिले माहोल फेरिएको छ, हिजो एमालेको विरोधमा उत्रिने मधेसी जनता एमालेको फ्यान भएका छन्,’ राजविराजमा भेटिएका अनेरास्ववियुका केन्द्रीय सचिव नरेश रोकायाले भने– ‘सप्तरीका राजविराज नगरसहित अन्य स्थानीय तहमा पनि एमालेको भब्य जुलुससहित शान्तिपुर्ण रुपमा मनोनयन दर्ता भइरहेको छ । एमालेको जित सुनिश्चित छ ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads