Loading...
बिश्वकर्मा समाज कतारद्वारा बिश्वकर्मा पुजा भब्य रुपमा मनाइयो



कृष्ण विश्वकर्मा
कतार विश्वकर्मा समाज कतारले तेस्रो विश्वकर्मा पूजा बिशेष शुभकामना आदान प्रदान तथा ब्रिहत सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ
। यही १५ सेप्टेम्वर २०१७ का दिन सम्पन्न कार्यक्रम समाजका कार्यवाहक् अध्यक्ष श्री गम बहादुर सुनारको सभापति तथा प्रमुख अथिति नेपाली राजादुताबास कतारका प्रथम सचिव नितेश सापकोटा रहनु भएको थियो । बिशेष अतिथि तथा अतिथीहरुमा कतारमा गठित बिभिन्न सामाजिक सस्था एवम बैचारिक सस्थाका प्रतिबिधी हरु रहनु भएको कार्यक्रम सन्चालन समाजका महासचिव कृष्ण विश्वकर्माले गर्नु भएको थियो ।

श्रम शिप र क्षमताको सम्मान गर्दै सम्पूर्ण विश्वकर्मा हरुको एकता, आजको आवस्यकता"भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रम प्रमुख अतिथी नितेश सापकोटा एवम अन्य बिशेष अतिथी, बाट बत्ती प्रज्वलन गरी कार्यक्रम को शुभरम्भ गरिएको थियो । स्वागत मन्तब्य समाजकि द्धितिय उपाध्यक्ष गीता बिकले दिनु भएको थियो भने समाजको बारेमा नबराज बि कले बिचार राखेका थियो ।


हिन्दू धर्म मात्रा नभै सम्पूर्ण धर्मावलम्बीहरुले मनाउदै आएको विश्वकर्मा बाबाको पूजा राष्ट्रिय पर्वको रुपमा राष्ट्रले सम्मान गर्दै मनाउ भन्ने हेतुले बिगत तीन बर्ष देखी कतारमा धुम धाम सङ्ग यस् महान पर्वको अवसरमा पूजा आजा गर्दै वृहत् कार्यक्रम गर्दै आएको छ । यसपालि समाजले फरक तरिकाले कार्यक्रम सम्पन्न गरेको छ । यसपाली समाजले स्थानिय कलाकार मात्रा नभै राष्ट्रिय कलाकार दोय सुजन बराइलि तथा राजन भुजेल विश्वकर्मा लाई अतिथी कलाकारको रुपमा नेपाल बाट ल्याएको थियो ।

साङ्गितिक कार्यक्रम को सुरुवात समजका सास्कृतिक सम्योजक देभ घिमिरे ज्युले रुमाल धोको छु भन्ने गीत बाट गर्नुभएको थियो । स्थानिय कलाकार हरुको प्रस्तुती सङ्गै बिशेष अतिथी तथा अतिथी हरुको शुभकामना मन्तब्य रहेको कार्यक्रम मा निर्मला लकान्द्री तथा रोहित बि क ले नृत्य प्रस्तुती गर्नु भएको थियो । त्यस्तै सन्तोष बि क,दीपेन्द्र सुनार, तुल बहादुर परीयार, नानु घले सरद पाण्डे,रमा तिमील्सिना मोहन शाह लगायतले आफ्नो प्रस्तुती दिनुभएको थियो । नृत्य सुनिता सेन्चुरी,अन्जना सुनार, लक्ष्मी गिरी लगायले प्रस्तुती गर्नु भएको थियो । अनिल बि सिले हलमा आसिन सम्पूर्ण दर्सकहरुलाई पेट मिची मिची हसाउनु भएको थियो । स्थानिय कलाकार हरुको प्रस्तुती पच्चात राष्ट्रिय लोक दोहोरी गायक सुजन बराइली ले आफ्नो प्रस्तुती दिनु भएको थियो । लगातार पाच वाट प्रस्तुती दिनु भएका बराइलिले प्रदेश नम्मर ४ मा प्रचलित सालैजो पञ्चेबाजा लगायत लोक गीत हरु गाई समग्र दर्सकहरुलाई छम छमी नचाउनु भएको थियो । तेसै गरी अर्का राष्ट्रिय लोक दोहोरी गायक राजन भुजेल विश्वकर्माले पनि ५ वाटा लोक गीत गाउनु भएको थियो ।

हलमा आसिन दर्शकहरुलाई छमछमी भएको थियो । कार्यक्रम को अन्त्यमा सुजन बरालि तथा समाजकि लोक दोहोरी गाइका इन्दु लावर साथै अन्य कलाकारहरुले आफ्नो प्रस्तुति दिनु भएको थियो थियो । कार्यक्रमका सभापति गम बहादुर बिश्वकर्माले कार्यक्रम सफल पार्न सहयोग गरेका संघसंस्था उपस्थित आगन्तुक सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोसणा गरिएको थियो

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads