Loading...
कांग्रेस परिवर्तन नभए सकिन्छः नेता सिंह

नगरकोट । नेपाली कंग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन नभए कांग्रेसको आधार गुम्ने बताएका छन् ।
गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ ले दुवाकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले समयको मागअनुसार काँग्रेसमा परिवर्तन नआए जन आधार गुम्ने बताए । उनले पार्टीले गणेशमान सिंहको विचार र सिद्धान्तलाई बिर्सिदै गएको बताए।
पार्टीमा लामो समय काम गरिसकेको भावना कदर गर्न नसकेको नतिजा गत निर्वाचनको परिणामले देखाएका बताउँदै उनले अबको निर्वाचनमा कार्यकर्ताको भावना अनुसार उम्मेदवार छनोट गर्नसके काँग्रेस पहिलो पार्टी हुने दाबी गरे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads