Loading...
धनुषामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते



धनुषा, १ असोज– धनुषामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । 
गएराति धनुषाको नगराइन नगरपालिका–८ अकौरामा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई कार्यकर्ता घाइते भएका छन् । 


शनिवार राति करिब १२ बजे चुनावका विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिँदा झड भएको हो । 

झडपमा एमालेका कार्यकर्ता २१ वर्षका इन्द्रकुमार पासवान र ४३ वर्षका अविन्द्र पासवान घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads