Loading...
नुवाकोट बस दुर्घटनाः ज्यान गुमाउने सातको सनाखत

Click to Load Image
नुवाकोट – काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । 
दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । दुर्घटनामा परी मृत्यु हुनेमा विदुर नगरपालिका–३ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ५० वर्षीया लक्ष्मी न्यौपाने र ५० वर्षीया ठूलीमायाँ तामाङ, नुवाकोटकै तारुकाकी २२ वर्षिया सविता तामाङ र गाडीका सहचालनक नवाराज विकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए । लक्ष्मी, ठूलिमाया र शशीको घटनास्थलमा नै मृत्यु भएको हो । 
त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडौं स्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उमेर र ठेगाना खुल्न बाँकी छ । 
दुर्घटनामा घाइते भएका ३० जनाको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृती र चिरायु अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी  बरालले रातोपाटीलाई जानकारी दिए । 
 ठानाभञ्ज्याङ स्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको उक्त बस सडकबाट करिब ३५० मिटर तल पुगेको थियो । 
बस दुर्घटनाबाट स्थानीय सीता तामाङको दुईतले घर पूर्णरुपमा क्षति भएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads