Loading...
गाउँपालिका अध्यक्ष अपहरणमा परेको भोलिपल्ट थवाङ पुगे प्रचण्ड

Click to Load Image
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पाको थवाङ पुगेका छन् । 
 थवाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको भोलिपल्ट  प्रचण्ड थवाङ पुगेका हुन् । 
शुक्रबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतीरहेका घर्तीलाई नेकपाको विप्लव समुहले अपहरण गरेको थियो । 
थवाङमा गाउँसभा उदघाटनमा अध्यक्ष प्रचण्ड जाने भएपछि सो कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण  गरिएको हुनसक्ने बताइएको छ । 
प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले आज बिहान अध्यक्ष थवाङ पुगेको जानकारी दिँदै आज नै रोल्पा र रुकुम जिल्लामा आयोजित सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । 
यता नेकपाले सोधपुछका लागि थवाङी जनताले नियन्त्रणमा लिएको दाबी गरेको छ । रोल्पा जनपरिषद् संयोजक लालबहादुर वलीले एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी जनताको अपमान गर्ने माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष बनेका घर्तीलाई सम्झाई बुझाई गरेर चाँडै मुक्त गर्ने पनि बताएका छन् । 
रातोपाति बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads